हजका लागि मक्का मदिना जान आवेदन खुला

सन् २०२४ मा हज गर्न साउदी अरबको मक्का मदिना जान चाहनेका लागि आवेदन खुलेको छ । गृह मन्त्रालय मातहतको नेपाल हज समितिले साउन ३० र कात्तिक २२ गतेको सूचनाबमोजिम आवेदन भरेका आवेदकले हद शुल्कको दोस्रो किस्तावापतको दुई लाख ६५ हजार रुपैयाँ र आवेदन फाराम जिल्ला प्रशासन कार्यालयमा यही ११ गतेसम्म बुझाउन अनुरोध गरेको छ ।

यसभन्दा अघि आवेदन भर्न छुटाएका हज यात्रिले भने एक मुष्ठ चार लाख १५ हजार रुपैयाँ जम्मा गरेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा फाराम भर्न सकिने नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले जानकारी दिए । उक्त आवेदन फारम नेपाल हज समितिको सचिवालयको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ ।

आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी, राहदानीको फोटोकपी, पहिलो किस्ताबाफत हज समितिको बैंक खातामा जम्मा गरेको सक्कल भौचर र आवेदकको बैंक खाताको चेकको फोटोकपी पनि पेस गर्नुपर्ने छ ।

सन् २०२४ मा नेपालबाट एक हजार दुई सयजना इस्लाम धर्मावलम्बी हज गर्न जान पाउने गरी साउदी अरब सरकारले कोटा तोकिदिएको छ ।

Exit mobile version