गाजामा ‘तत्काल’ युद्धविरामको माग गर्ने अल्जेरियाको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले आगामी साता मतदान गर्न सक्ने कूटनीतिक स्रोतहरूले शनिबार बताएका छन् । यद्यपि वासिङ्ट्न फेरि उक्त प्रस्तावलाई अवरुद्ध गर्न तयार रहेको देखिन्छ । जनवरीको अन्त्यमा अन्तर्राष्ट्रिय अदालतले इजराइलले गाजामा आफ्नो युद्धमा नरसंहार कार्य रोक्नका लागि हरसम्भव प्रयास गर्नुपर्ने फैसला गरेपछि अल्जेरियाले एउटा नयाँ मस्यौदामा छलफपल सुरु गरेको छ । फैसलामा अदालतले इजराइलले हमास लडाकूहरूलाई निशाना बनाइरहेको बताएको छ । एएफपीले शनिबार प्राप्त गरेको मस्यौदा प्रस्तावको पछिल्लो संस्करणमा ‘तत्काल मानवीय युद्धविरामको माग गरिएको छ र त्यसलाई सबै पक्षले सम्मान गर्नुपर्ने’ उल्लेख छ । “प्यालेस्टिनी नागरिकको जनसङ्ख्याको जबरजस्ती विस्थापनलाई पनि अस्वीकार गर्दछ र सबै बन्धकलाई बिनाशर्त तत्काल रिहाइको माग गर्दछ”, प्रस्तावमा भनिएको छ । अक्टोबर ७ मा हमाससँग सुरु भएको गाजा युद्धमा इजराइलमा अधिकांश सर्वसाधारणसहितछ करिब एक हजार एक सय ६० नागरिक मारिएका थिए । हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलले गाजामा गरेको जवाफी आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा २८ हजार आठ सय ५८ जनाको ज्यान गएको छ । अल्जेरियाले मङ्गलबार राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा मतदानका लागि आग्रह गरेको छ तर वासिङ्टनले उक्त मतदानमा विशेषाधिकार प्रयोग गर्नसक्ने सङ्केत दिएको छ । राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले अल्जेरियाको प्रस्तावित मस्यौदाबारे एक विज्ञप्तिमा भन्नुभयो, “अमेरिकी राष्ट्रपति जो बाइडेन इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु र इजिप्ट तथा कतारका नेताहरूसँग बन्धक सम्झौतामा काम गरिरहनुभएको छ, यसले युद्धमा करिब छ साताको युद्धविराम ल्याउने छ ।” “यसको विपरीत सुरक्षा परिषद्मा राखिएको प्रस्तावले यी परिणाम प्राप्त हुँदैन र वास्तवमा युद्धविरामको विपरीत हुनसक्छ”, उहाँले भन्नुभयो, “अमेरिका यो मस्यौदा प्रस्तावमा कारवाहीको समर्थन गर्दैन, यदि मस्यौदाअनुसार यसलाई मतदानका लागि लगियो भने त्यसलाई अपनाउन सकिँदैन ।” इजराइल र अमेरिकाले विरोध गरेको पछिल्ला मस्यौदा प्रस्तावहरू जस्तै नयाँ मस्यौदा प्रस्तावमा हमासले गरेको अभूतपूर्व आक्रमणको निन्दा गरिएको छैन । यसै महिनाको प्रारम्भमा राजदूत थोमस–ग्रिनफिल्डले अल्जेरियाको पछिल्लो पहलबाट वार्तालाई जोखिममा पार्ने खतरा रहेको बताउनुभएको थियो । राष्ट्रसङ्घका लागि प्यालेस्टिनी राजदूत रियाद मन्सुरले हालै भन्नुभएको छ, “अब सुरक्षा परिषद्का लागि मानवीय युद्धविरामको प्रस्तावमाथि निर्णय लिने समय आएको छ भन्ने हामीलाई विश्वास छ, सुरक्षा परिषद्का सदस्यहरूबीच मस्यौदा प्रस्तावको तत्वहरूका लागि ‘ठूलो समर्थन’ छ ।” अक्टोबर र डिसेम्बरमा गाजाको बढ्दो मानवीय सङ्कटमाथि अन्तर्राष्ट्रिय दबाबका बावजुद वासिङ्टनले युद्धविरामको माग गर्ने सन्देशहरूमाथि विशेषाधिकार लगाएको थियो । सुरक्षा परिषद्ले अक्टोबर ७ पछि गाजालाई लिएर दुई वटा मात्र प्रस्तावलाई अपनाएको छ । यसमा प्यालेस्टिनी क्षेत्रमा ठूलो स्तरमा मानवीय सहायता पुर्याउन गरिएको आग्रह पनि समावेश छ ।
गाजा सम्बन्धमा मतदान रोक्ने अमेरिकी धम्की
- Dainik Nepalgunj

- Categories: World
Related Content
इरान वार्तामा हतार छैन : ट्रम्प
by
Dainik Nepalgunj
August 27, 2026
स्पेनमा शताब्दीपछिको सूर्यग्रहण
by
Dainik Nepalgunj
August 13, 2026
कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु
by
Dainik Nepalgunj
August 11, 2026
विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती
by
Dainik Nepalgunj
August 6, 2026
डिसेम्बरमा फर्कने हसिनाको घोषणा
by
Dainik Nepalgunj
August 6, 2026