देशमा आजः ८ बजे ८ खबर

  1. सरकार तथा तोकिएको निकायले गर्नुपर्ने काम गर्न नसक्दा वैदेशिक सहायता परिचालन निकै सुस्त भएको छ । सरकारले यस वर्षको बजेट व्यवस्थापन गर्ने क्रममा करिब दुई खर्ब ७२ अर्ब रूपैयाँ वैदेशिक सहायता परिचालन गर्ने लक्ष्य राखेको थियो । सात महिनाको अवधिमा भने जम्मा १९ प्रतिशतअर्थात् ५४ अर्ब ८५ करोड रूपैयाँ मात्रै सहायता परिचालन भएको छ । चालु वर्षमा करिब ५० अर्ब रूपैयाँ वैदेशिक अनुदान प्राप्ति गर्ने गरी बजेटमा सरकारले स्रोत उल्लेख गरेको थियो । तर, सात महिनाको अवधिमा जम्मा ५.५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड रूपैयाँ अनुदान प्राप्ति भएको छ । त्यस्तै, दुई खर्ब १२ अर्ब रूपैयाँ वैदेशिक ऋण लिने लक्ष्य राखेकोमा ५२ अर्ब १२ करोड रूपैयाँ मात्रै प्राप्ति भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
Exit mobile version