माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आइतबार पनि बस्दैछ । बैठक बिहीबार काठमाडौंमा सुरू भएको छ ।

बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा सुरू हुने बैठकमा माओवादीले चलाएको चार महिने रूपान्तरण अभियानमा राम्रो काम गर्नेहरूलाई सम्मान र काममा नखटिएकालाई कारवाही गर्नेबारेमा निर्णय गर्ने प्रवक्ता अग्नि सापकोटाले बताए ।

बिहीबारको बैठकमा राम्रो र नराम्रो काम गर्ने तीन/तीन जनाको नाम सार्वजनिक गर्ने निर्णय भएको थियो ।

Exit mobile version