कैलाली : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहीले कर्णाली पुल केही समयका लागि बन्द गरिएकोले वैकल्पिक बाटो अपनाउन आग्रह गर्नुभएको छ । उक्त पुलमा सोमबार साँझ भएको आगलागीबाट आंशिकरूपमा क्षति भएकाले आज बिहान क्षतिको स्थलगत निरीक्षणपछि उहाँले पुलबाट तत्काल सवारी साधन सञ्चालन नगर्न तथा वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गर्नुभएको हो । उहाँले टीकापुर भएर हुलाकी राजमार्ग प्रयोग गर्न सम्बद्ध सबैमा आग्रह पनि गर्नुभएको छ । पुलमा भएको क्षतिको जानकारी लिन काठमाडौँ र बुटवलबाट सम्बन्धित निकायका अधिकारी एवं प्राविधिक टोली आउन लागेको मुख्यमन्त्रीले बताउनुभएको छ । पुलको मर्मतसम्भारपछि त्यहाँबाट सवारी साधन सञ्चालन गर्नेनगर्नेबारेमा बताउन सकिने मुख्यमन्त्री शाहीले राससलाई बताउनुभयो । पुलबाट एम्बुलेन्स सञ्चालनको अनुमति दिनुपर्नेमा स्थानीय निकायका पदाधिकारीले जोड दिएका छन् ।
कर्णाली पुल बन्द, वैकल्पिक बाटो अपनाउन आग्रह
- Dainik Nepalgunj

- Categories: News
Related Content
काँग्रेस बाँकेद्वारा प्रशिक्षण कार्यक्रम
by
Dainik Nepalgunj
August 16, 2025
शिक्षा विधेयकविरुद्ध प्रदेश सरकार गुहार्दै निजी विद्यालय
by
Dainik Nepalgunj
August 16, 2025
‘गुल्जार–ए–अदब’को मासिक मुशायरा
by
Dainik Nepalgunj
August 16, 2025
संघीय सरकारले बनाउने शिक्षा सम्बन्धि ऐनमा सबैका भावनाहरु समेटिने लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे विश्वास
by
Dainik Nepalgunj
August 16, 2025
भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला
by
Dainik Nepalgunj
August 16, 2025