अमेरिकी प्रतिबन्धबाट भेनेजुएलालाई कुल गार्हस्थ उत्पादनमा झण्डै ७०० अर्ब अमेरिकी डलरको नोक्सानी भएको उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सोमबार बताउँनु भएको छ । प्रतिबन्धका कारण भेनेजुएलाको तेल उद्योगले करिब २३२ अर्ब डलरको नोक्सानी बेहोरेको छ । साथै अन्तरराष्ट्रिय बैंकहरूमा रहेको भेनेजुएलाको २२ अर्ब डलरभन्दा बढीको सम्पत्ति पनि रोक्का गरिएको उपराष्ट्रपतिले बोलिभियाली शहर सान्ता क्रुज डे ला सिएरामा आयोजित अन्तरराष्ट्रिय गोष्ठीमा उल्लेख गर्नु भएको छ । सन् २०२३ अक्टोबरमा सरकार र भेनेजुएलाका विपक्षी दलहरू बीच भएको बार्बाडोस सम्झौतामा अमेरिकाले प्रतिबन्ध हटाउने सहमति भए तापनि पालाना नभएको उहाँको गुनासो छ । उक्त सम्झौताले ‘जनरल लाइसेन्स ४४’ का नामले चिनिने राहत भेनेजुएलालाई उपलब्ध भएको भए तापनि राष्ट्रपति निकोलस मादुरोले विपक्षी दलबाट राष्ट्रपतिको उमेद्वारको दौडमा रहेका नेतालाई चुनाबमा अगाडि बढ्न प्रतिबन्ध लगाएपछि बाइडेन प्रशासनले भेनेजुएला माथि पुनः प्रतिबन्ध लगाएको थियो । अमेरिकाको पछिल्लो कदम विपक्षी नेतालाई राष्ट्रपतिको उम्मेदवार हुनबाट प्रतिबन्ध लगाउने मादुरोको निर्णयको प्रतिक्रियामा आएको थियो। उक्त गोष्ठीलाई सम्बोधन गर्दै उपराष्ट्रपति रोड्रिग्वेजले अमेरिकी एकपक्षीय नीतिहरूलाई ध्यानमा राख्दै अब ल्याटिन अमेरिकालाई “अनिवार्य रूपमा” नयाँ वित्तीय संरचना चाहिएको बताउँनु भएको छ । “यदि हामी नयाँ वित्तीय संरचनाको बारेमा सोच्न चाहन्छौं भने हामीले आफ्नै मुद्रामा व्यापार गर्नुपर्दछ,” उहाँले भन्नु भयो ।
अमेरिकी प्रतिबन्ध, भेनेजुएलालाई ७०० अर्ब घाटा
- Dainik Nepalgunj

- Categories: World
Related Content
इरान वार्तामा हतार छैन : ट्रम्प
by
Dainik Nepalgunj
August 27, 2026
स्पेनमा शताब्दीपछिको सूर्यग्रहण
by
Dainik Nepalgunj
August 13, 2026
कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु
by
Dainik Nepalgunj
August 11, 2026
विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती
by
Dainik Nepalgunj
August 6, 2026
डिसेम्बरमा फर्कने हसिनाको घोषणा
by
Dainik Nepalgunj
August 6, 2026