नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दस्तावेजका मस्यौदामाथि छलफल गर्न आगामी चैत १ गते दस्तावेज लेखन मस्यौदा समितिको बैठक आह्वान गरेको छ । आगामी जेठमा हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज लेखनमा समावेश गरिएका विषयवस्तु तथा नपुग भएका केही वस्तु थप्न बैठक बोलाइएको हो । पछिल्लो सत्ता समीकरणपछि विकसित राजनीतिक घटनाक्रमलाई पनि दृष्टिगत गर्दै दस्तावेज लेखनलाई केही परिमार्जन गरिने पार्टीले जनाएको छ । वामपन्थी शक्तिबीचको कार्यगत एकतालाई पनि प्राथमिकतामा राखिने जनाइएको छ । बैठकमा समाजवादी कार्यदिशा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक प्रभावको वस्तुगत विश्लेषण गरिने छ । पार्टीको वैचारिक, साङ्गठनिक, समाजवादी कार्यक्रम, विधान, भावी कार्ययोजना तथा रणनीतिलगायत विषयलाई उल्लेख गर्नेगरी यही फागुन मसान्तभित्र लेखनको कार्य सम्पन्न गरिने सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रतिवेदन लेखनको जिम्मेवारी दिइएको छ भने सम्मानित नेता झलनाथ खनाललाई समाजवादी कार्यक्रम, उपाध्यक्ष डा बेदुराम भुसाललाई पार्टी विधान र महासचिव घनश्याम भुसाललाई सङ्गठनात्मक प्रस्ताव संयोजनका लागि कार्य तोकिएको छ । सबै पक्षलाई समेटेर प्रतिवेदन तयार भएपछि त्यसलाई एकीकृत गरेर महाधिवेशनमा एउटै दस्तावेज लैजाने जनाइएको छ । महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीले सङ्गठन सुदृढीकरण तथा विस्तारकार्य जारी राखेको छ ।
एकीकृत समाजवादीले दस्तावेज लेखन परिमार्जन गर्दै
- Dainik Nepalgunj

- Categories: Politics
Related Content
बाँकेका ७९ वडामा कांग्रेस अधिवेशन सकियो
by
Dainik Nepalgunj
September 22, 2026
कांग्रेसमा क्षेत्रीय प्रतिनिधि बन्ने होड
by
Dainik Nepalgunj
September 21, 2026
लुम्बिनीमा सत्ता राजनीतिको हिसाब
by
Dainik Nepalgunj
September 7, 2026
बास्तोला नेकपा बहुमतबाट बर्खास्त
by
Dainik Nepalgunj
September 1, 2026
नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने
by
Dainik Nepalgunj
July 26, 2026