नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार घटेर प्रतितोला रु एक लाख २५ हजार कायम भएको छ । यसैगरी तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु एक हजारले कमी आई प्रतितोला रु एक लाख २४ हजार ४०० मा कारोबार भइरहेको छ । चाँदी प्रतितोला रु ३० ले कमी भई प्रतितोला रु एक हजार चार सय ६५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।
सुन र चाँदी दुवैको मूल्य घट्यो
- Dainik Nepalgunj

- Categories: News
Related Content
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता
by
Dainik Nepalgunj
November 14, 2026
आइतबारदेखि पश्चिमी वायु सक्रिय हुने
by
Dainik Nepalgunj
November 13, 2026
उहिलेको जिवन्त गाउँ,अहिले उजाड बस्ती
by
Dainik Nepalgunj
November 13, 2026
गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा आज बाँकेको खजुरा आइपुग्ने
by
Dainik Nepalgunj
November 13, 2026
बिहान हिँडडुल गर्नसमेत डराउनुपर्ने कान्तिताल, करोडौँ खर्च भएको पर्यटकीय गन्तव्य संरक्षणविहीन
by
Dainik Nepalgunj
November 12, 2026