कालीकोटमा आगोले जलेर बाबुछोरी घाइते

सामुदायिक वनमा भएको आगलागीबाट एकै घरका बाबुछोरी घाइते भएका छन् । कालीकोटको खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा नन्दराम चौंलागाई र उनकी छोरी हेमन्ती घाइते भएका हुन् ।

उनीहरु गाउँ नजिकैको नवदुर्गा सामुदायिक वनमा लागेको आगो निभाउन पुगेका थिए । सामुदायिक वनमा बाख्रा चराउन गएका उनीहरु आफ्नो बाख्रा जलेनजलेको हेर्दै आगो निभाउने क्रममा आगोले पोलेको बताइएको छ ।

Exit mobile version