काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्याका योजनाकार एक महिलालाई १६ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ साविक बुढाथुम गाबिस–३ हाल गङ्गा जमुना नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सबिता थापा (अधिकारी) रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०६४ असार २६ गते ललितपुरको तत्कालीन ललितपुर उपमहानगरपालिका–२२ शङखमुलस्थित ललितपुर इमाडोल घर भएका ३३ वर्षीय धर्मराज विष्टको हत्या भएको र सोही घटनाका योजनाकार थापालाई १६ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरिएको हो । मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको प्राध्यापक रहेका धर्मराज विष्टलाई सोभिता थापाको योजनामा उनका भाइ विनोद थापासहित तीन जनाको समुहले कुटपिट गरी सख्त घाइते बनाएका थिए । घाइते विस्टको उपचारका क्रममा मृत्यु भएको थियो । थापालाई सोमबार ललितपुर महानगरपालिका–२६ ढोलाहिटीबाट निज सोभिता थापालाई पक्राउ गरी आज आवश्यक कारवाहीको लागि जिल्ला अदालत ललितपुर बुझाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।
हत्याका योजनाकार १६ वर्षपछि पक्राउ
- Dainik Nepalgunj

- Categories: News
Related Content
नरैनापुरमा पर्व लक्षित सुरक्षा समन्वय बैठक
by
Dainik Nepalgunj
August 24, 2026
एचआइभीका नयाँ रोगी पहिचान
by
Dainik Nepalgunj
August 24, 2026
जय बागेश्वरीमा नृत्यको रंग
by
Dainik Nepalgunj
August 24, 2026
अन्तर्राष्ट्रिय वीलभयू, नेपालगन्ज शाखाद्वारा ‘९२१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ आयोजना
by
Dainik Nepalgunj
August 23, 2026
सम्झना बजारमा रक्तदान, २१ पिन्ट रगत संकलन
by
Dainik Nepalgunj
August 23, 2026