काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्याका योजनाकार एक महिलालाई १६ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ साविक बुढाथुम गाबिस–३ हाल गङ्गा जमुना नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सबिता थापा (अधिकारी) रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०६४ असार २६ गते ललितपुरको तत्कालीन ललितपुर उपमहानगरपालिका–२२ शङखमुलस्थित ललितपुर इमाडोल घर भएका ३३ वर्षीय धर्मराज विष्टको हत्या भएको र सोही घटनाका योजनाकार थापालाई १६ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरिएको हो । मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको प्राध्यापक रहेका धर्मराज विष्टलाई सोभिता थापाको योजनामा उनका भाइ विनोद थापासहित तीन जनाको समुहले कुटपिट गरी सख्त घाइते बनाएका थिए । घाइते विस्टको उपचारका क्रममा मृत्यु भएको थियो । थापालाई सोमबार ललितपुर महानगरपालिका–२६ ढोलाहिटीबाट निज सोभिता थापालाई पक्राउ गरी आज आवश्यक कारवाहीको लागि जिल्ला अदालत ललितपुर बुझाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।
हत्याका योजनाकार १६ वर्षपछि पक्राउ
- Dainik Nepalgunj

- Categories: News
Related Content
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग
by
Dainik Nepalgunj
October 19, 2026
नेपाली कांग्रेस नियमित पक्षधर बाँके क्षेत्र नं. २ को नगर तथा क्षेत्रीय अधिवेशन सम्पन्न
by
Dainik Nepalgunj
October 17, 2026
आयो र्यापर अर्जेलको ‘प्रियसी’
by
Dainik Nepalgunj
October 17, 2026
लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम
by
Dainik Nepalgunj
October 17, 2026
बाँकेमा हुँदै प्रदेशस्तरीय तेक्वान्दो
by
Dainik Nepalgunj
October 16, 2026