कालीकोटलाई तुइन मुक्त जिल्ला बनाइएको छ । यहाँका नदीहरूमा बनाएका तुइन हटाएर झोलुङ्गे पुल निर्माण भएपछि कालिकोट तुइन मुक्त भएको छ । दश बर्षे द्वन्द्वका क्रममा भएका पुल समेत काटेका कारणले कालीकोटका धेरै ठाउँमा तुइन त्यो पनि बाबियाको डोरीको सहयोगमा बनेका थिए । २०५७ मङ्सिर १३ गते राती इलाका प्रहरी कार्यालय कोटवाडा आक्रमण गर्ने क्रममा सदरमुकाम मान्मबाट थप सेना र प्रहरी गाउँ आउन नसकोस् भनेर माओवादीले रसायन प्रयोग गरेर रेगिंल, लालीघाट, भात्तडीसहितका कर्णाली नदीमाथिका झोलुङ्गे पुल काटेका थिए । पुल काटिएपछि स्थानीयले माओवादीको अनुमतिमा बाबियाको डोरीको तुइन बनाएर नदी वारपारको जोहो गरे । तुइन तर्ने क्रममा स्थानीय प्रभजित रोकाया सहित पाँच जना कर्णाली नदीमा बेपत्ता भएका थिए ।
तुइन मुक्त कालिकोट
- Dainik Nepalgunj

- Categories: Social
Related Content
नेपालगन्जमा खुला रूपमा बिक्री भइरहेका छन् प्लास्टिकका फूलमाला
by
Dainik Nepalgunj
November 8, 2026
नेपालगन्जमा लाइफगार्ड प्रशिक्षण
by
Dainik Nepalgunj
November 4, 2026
सीमानाकामा सञ्चालित हेल्थ डेस्कका कर्मचारीले पाएनन् तलब
by
Dainik Nepalgunj
March 27, 2024
बझाङमा चट्याङले लागेर एक जनाकाे ज्यान गयो, ७ जना घाइते
by
Dainik Nepalgunj
March 23, 2024
बाँदर धपाउन किसानलाई कुकुर !
by
Dainik Nepalgunj
March 22, 2024