अख्तियार दुरुपयोग आयोगले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृतलगायत मेडिकल उपकरण आयातकर्ता कम्पनीका सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरका लागि एचडीयू उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको पाइएको आयोगको भनाइ छ । आयोगले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक मेहता, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत उदेशकुमार श्रेष्ठ भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ । यस्तै, हस्पिटेक इन्टरप्राइजेज काठमाडौँका सञ्चालक विशाल पण्डित र सोही कम्पनीका व्यवस्थापक मनोजकुमार आचार्यविरुद्ध समान रु दुई करोड ८९ लाख ६६ हजार ५० बराबरको बिगो दावी गरिएको छ ।
स्वास्थ्यका निर्देशकविरुद्ध मुद्दा दायर
- Dainik Nepalgunj

- Categories: Health
Related Content
एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण
by
Dainik Nepalgunj
July 4, 2025
७२ जिल्लामा फैलियो डेङ्गी
by
Dainik Nepalgunj
June 9, 2025
‘विवाह गर्नुपूर्व सिकलसेल छ वा छैन भन्ने जाँच गराउन आवश्यक हुन्छ’
by
Dainik Nepalgunj
June 3, 2025
के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
by
Dainik Nepalgunj
May 14, 2025
‘दाँत तथा मुख स्वस्थ राख्न १० मिनेट छुट्याउँ’
by
Dainik Nepalgunj
March 20, 2025