अख्तियार दुरुपयोग आयोगले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृतलगायत मेडिकल उपकरण आयातकर्ता कम्पनीका सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरका लागि एचडीयू उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको पाइएको आयोगको भनाइ छ । आयोगले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक मेहता, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत उदेशकुमार श्रेष्ठ भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ । यस्तै, हस्पिटेक इन्टरप्राइजेज काठमाडौँका सञ्चालक विशाल पण्डित र सोही कम्पनीका व्यवस्थापक मनोजकुमार आचार्यविरुद्ध समान रु दुई करोड ८९ लाख ६६ हजार ५० बराबरको बिगो दावी गरिएको छ ।
स्वास्थ्यका निर्देशकविरुद्ध मुद्दा दायर
- Dainik Nepalgunj

- Categories: Health
Related Content
सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन
by
Dainik Nepalgunj
September 21, 2026
‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’
by
Dainik Nepalgunj
August 23, 2026
खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य
by
Dainik Nepalgunj
August 15, 2026
बाँके : भेरीमा सिकलसेलका एघार सय बढी बिरामी फेला
by
Dainik Nepalgunj
August 7, 2026
प्रशासनमा चिकित्सकको ज्ञापन
by
Dainik Nepalgunj
July 29, 2026