इजरायली सेनाले गाजामा गत अक्टोबर ७ बाट सुरु भएको युद्धमा ६०० जना इजरायली सैनिकको मृत्यु भएको जनाएको छ । इजरायली भूमिमा अक्टोबर ७ का दिन गाजामा सक्रिय हमास लडाकूले आक्रमण गरेपछि त्यसको जवाफमा इजरायलले हमास विरुद्ध युद्ध सुरु गरेको थियो । हमासको आक्रमणमा एक जना २० वर्षीय सैनिक जवान नाडाभ कोहेनको मृत्यु भएसँगै गाजा युद्धमा मारिने सैनिकको संख्या ६०० पुगेको इजरायली सेनाले जनाएको छ । यद्यपी यस युद्धमा इजरायली बमबारीमा परेर गाजामा ३२ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् । गाजामा चलिरहेको यस भिषण कारबाहीबाट सर्वसाधारण निहत्था नागरिकको मृत्यु भएपछि राष्ट्रसंघ समेत अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविराम गर्न इजरायल सरकारमाथि दबाब दिइरहेका छन् ।
गाजामा ६०० इजरायली सैनिकको मृत्यु
- Dainik Nepalgunj

- Categories: World
Related Content
बङ्गलादेशले फेब्रुअरी चुनावका लागि ४० हजार बडी क्याम किन्ने
by
Dainik Nepalgunj
August 10, 2025
चीन र रुसद्वारा जापान सागरमा संयुक्त अभ्यास सुरु
by
Dainik Nepalgunj
August 3, 2025
गाजावासीलाई नगद सहायता दिइए पनि बजारमा खाद्यान्न अभाव : संयुक्त राष्ट्रसंघ
by
Dainik Nepalgunj
August 2, 2025
विश्व व्यापारलाई पुनः आकार दिन दर्जनौँ देशमाथि कर लगाउने ट्रम्पको आदेश
by
Dainik Nepalgunj
August 1, 2025
गाजामा इजरायली हवाई आक्रमण : चालिस भन्दा बढीको मृत्यु
by
Dainik Nepalgunj
July 14, 2025