इजरायली सेनाले गाजामा गत अक्टोबर ७ बाट सुरु भएको युद्धमा ६०० जना इजरायली सैनिकको मृत्यु भएको जनाएको छ । इजरायली भूमिमा अक्टोबर ७ का दिन गाजामा सक्रिय हमास लडाकूले आक्रमण गरेपछि त्यसको जवाफमा इजरायलले हमास विरुद्ध युद्ध सुरु गरेको थियो । हमासको आक्रमणमा एक जना २० वर्षीय सैनिक जवान नाडाभ कोहेनको मृत्यु भएसँगै गाजा युद्धमा मारिने सैनिकको संख्या ६०० पुगेको इजरायली सेनाले जनाएको छ । यद्यपी यस युद्धमा इजरायली बमबारीमा परेर गाजामा ३२ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमध्ये अधिकांश बालबालिका र महिला रहेका छन् । गाजामा चलिरहेको यस भिषण कारबाहीबाट सर्वसाधारण निहत्था नागरिकको मृत्यु भएपछि राष्ट्रसंघ समेत अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविराम गर्न इजरायल सरकारमाथि दबाब दिइरहेका छन् ।
गाजामा ६०० इजरायली सैनिकको मृत्यु
- Dainik Nepalgunj

- Categories: World
Related Content
इरान वार्तामा हतार छैन : ट्रम्प
by
Dainik Nepalgunj
August 27, 2026
स्पेनमा शताब्दीपछिको सूर्यग्रहण
by
Dainik Nepalgunj
August 13, 2026
कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु
by
Dainik Nepalgunj
August 11, 2026
विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती
by
Dainik Nepalgunj
August 6, 2026
डिसेम्बरमा फर्कने हसिनाको घोषणा
by
Dainik Nepalgunj
August 6, 2026