नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज रु एक हजारले बढेर रु एक लाख ३४ हजार बराबरको मूल्य निर्धारण भएको छ । तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३३ तीन सय ५० बराबरको मूल्य निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा रु ४० ले वृद्धि भएको छ । बुधबार प्रतितोला रु एक हजार छ सय १० मा कारोबार भएकामा आजका लागि भने रु एक हजार छ सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।
सुनको मूल्य तोलामा रु एक हजारले बढ्यो
- Dainik Nepalgunj

- Categories: News
Related Content
दौड प्रतियोगिताप्रति मेरो दृष्टिकोण कसरी बदलियो
by
Dainik Nepalgunj
September 26, 2026
एआइलाई सिकाइँदै थारुभाषा
by
Dainik Nepalgunj
September 26, 2026
बर्षाले जनजीवन प्रभावित
by
Dainik Nepalgunj
September 26, 2026
किसानलाई सतर्क रहन आग्रह
by
Dainik Nepalgunj
September 26, 2026
फुटसल : पहिलो दिन तीन टोली विजयी
by
Dainik Nepalgunj
September 26, 2026