बाह्रदशी गाउँपालिका–१ का ३३ वर्षीय देवनारायण राजवंशीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । चार दिनअघि मात्र वैदेशिक रोजागरीबाट फर्किएका उनले श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताउनुभयो । श्रीमतीलाई परपुरुषसँग लागेको आरोप लगाउँदै घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको देखिएको उपरीक्षक केसीले जानकारी दिनुभयो । प्रहरीले देवनारायणलाई पक्राउ गरिसकेको छ । ममसरी दिव्यज्योति मावि राजगढमा शिक्षण पेसामा आबद्ध रहेकी थिइन् ।
खुकुरी प्रहार गरी श्रीमतीको हत्या
- Dainik Nepalgunj

- Categories: News
Related Content
संघीय सरकारले बनाउने शिक्षा सम्बन्धि ऐनमा सबैका भावनाहरु समेटिने लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे विश्वास
by
Dainik Nepalgunj
August 16, 2025
भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला
by
Dainik Nepalgunj
August 16, 2025
लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार
by
Dainik Nepalgunj
August 15, 2025
चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन
by
Dainik Nepalgunj
August 15, 2025
सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री
by
Dainik Nepalgunj
August 15, 2025