रसियाले बिहीबार राति गरेको हवाई हमलामा युक्रेनको दोस्रो ठूलो शहर खार्किबमा चार जनाको मृत्यु भएको छ भने अरु ११ जना घाइते भएका छन् । खार्किबका मेयर आइगोर टेरेखोभले एउटा आवाशीय भवनमा उद्धार कार्यमा खटिएका उद्धारकर्मीमाथि लक्षित गरी रसियाले दोस्रो आक्रमण गरेको र त्यसबाट तीन जना उद्धारकर्मी हताहत भएको जानकारी दिनुभयो । उहाँले अर्को एक आवाशीय भवनमा रसियाले गरेको ड्रोन आक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु भएको बताउनुभयो । प्रहरीले ड्रोन आक्रमणबाट मारिने व्यक्ति ६८ वर्षीया एक वृद्धा रहेको जनाएको छ । खार्किबका गभर्नर ओलेग सिनेगुबोभले रसियाले बिहीबार राति कम्तीमा १५ वटा ड्रोनबाट आक्रमण गरेको भए पनि केही ड्रोन खसालिएको दाबी गर्नुभयो । खार्किब समेत युक्रेनका अरु शहरहरुलाई लक्षित गरी रसियाले दिनहुँ क्षेप्यास्त्र र ड्रोन मार्फत् आक्रमण गरिरहेको छ । युक्रेनी अधिकारीहरुले आफ्ना समर्थक राष्ट्रहरु समक्ष हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन माग गरिरहेका छन् । रसियाली आक्रमणबाट जोगिन उनीहरुले खासगरी अमेरिकी प्याट्रिअट सिस्टम प्रदान गर्न अनुरोध गरेका छन् । यद्यपी युक्रेनका लागि अमेरिकी सैनिक सहायता पछिल्लो अवधिमा कम हुँदै गएको छ । अमेरिकी तल्लो सदन कङ्ग्रेसले युक्रेनका लागि प्रस्तावित ६० अर्ब डलरको सैन्य सहायताका बारेमा निर्णय नगरेपछि अमेरिकी सैन्य सहायतामा कमी भएको हो ।
रसियाली आक्रमणबाट युक्रेनमा चार जनाको मृत्यु
- Dainik Nepalgunj

- Categories: World
Related Content
इरान वार्तामा हतार छैन : ट्रम्प
by
Dainik Nepalgunj
August 27, 2026
स्पेनमा शताब्दीपछिको सूर्यग्रहण
by
Dainik Nepalgunj
August 13, 2026
कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु
by
Dainik Nepalgunj
August 11, 2026
विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती
by
Dainik Nepalgunj
August 6, 2026
डिसेम्बरमा फर्कने हसिनाको घोषणा
by
Dainik Nepalgunj
August 6, 2026