स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला रु एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन सोमबारको तुलनामा रु एक हजार सातले उकालो लागेर रु एक लाख ३९ हजार दुई सय निर्धारण भएको छ । तेजाबी सुन आज प्रतितोला रु एक लाख ३८ हजार पाँच सय ५० निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु एक हजार सात सय ५० निर्धारण भएको महासङ्घले जनाएको छ ।
तोलामा रु एक हजार सात सयले बढ्यो सुनको मूल्य
- Dainik Nepalgunj

- Categories: News
Related Content
एआइलाई सिकाइँदै थारुभाषा
by
Dainik Nepalgunj
September 26, 2026
बर्षाले जनजीवन प्रभावित
by
Dainik Nepalgunj
September 26, 2026
किसानलाई सतर्क रहन आग्रह
by
Dainik Nepalgunj
September 26, 2026
फुटसल : पहिलो दिन तीन टोली विजयी
by
Dainik Nepalgunj
September 26, 2026
प्रथम केशव श्रेष्ठ स्मृति कप तेक्वान्दो प्रतियोगिता असोज १० र ११ गते नेपालगञ्जमा
by
Dainik Nepalgunj
September 25, 2026