रामनवमी मनाइयो

श्रीराम नवमी (श्रीराम जन्मोत्सव) को उपलक्ष्यमा बाँकेको साहू समाज समिति जिल्ला कार्य समिति र साहू समाज युवा समिति नेपालगन्जद्वारा बैशाख ५ गते बुद्धवार प्रसाद बितरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपालगन्ज उप–महानगरपालिका वडा नंं ५ स्थित साहू समाज समितिद्वारा निर्मित श्रीराधा कृष्ण मन्दिर एवं धर्मशालामा रहेको साहू समाज समिति जिल्ला कार्य समिति र साहु समाज युवा समितिको संयुक्त आयोजनामा नेपालगञ्जको मुख्य चौकको रुपमा रहेको त्रिभुवन चौकमा श्रीराम नवमी (श्रीराम जन्मोत्सव) को उपलक्ष्यमा नेपालगञ्को प्रसिद्ध मन्दिर माता बागेश्वरीको दर्शन गर्न र राम नवमी मेला हेर्न आउने नेपाल र भारतको विभिन्न स्थानबाट आउने दर्शकहरुका लागी प्रसाद बितरण गरिएको थियो ।

उक्त कार्यक्रममा साहू समाज जिल्ला कार्य समितिका अध्यक्ष हंशराम साहू, युवा समितिका अध्यक्ष राम किसुन साहू , समाजका सचिव बाबुराम साहू , हरिष गुप्ता (साहु), राम नरेश तेली, प्रहलाद साहू (पे्रमलाल), मोतीलाल साहु, बृजलाल साहु, सह सचिव प्रदीप शाह, कानूनी सल्लाहकार रामनाथ साहू, पिन्टू साहू, दिनेश साहू, राजकुमार साहू, कन्धईलाल साहू, नीरज कुमार साहू, रामसनेही साहरु, राम नरेश साहू, मूलचन्द साहू, शिव प्रसाद साहू, बिक्रम कुमार साहू, राजु साहू सन्तोष साहू लगायतको सक्रियता प्रसाद बितरण कार्यक्रम सम्पन्न भएको छ ।

यसरी रानीतलाव नजीक रहेको मन्दिर, त्रिवेणी चौक स्थित मन्दिर, लगायत विभिन्न ठाउँमा दर्शकहरुका लागी प्रसाद बितरण कार्यक्रम गरिएको छ ।

Exit mobile version