नेपाल प्लास्टिक सर्जन सङ्घ (एपसन) र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल (न्याम्स्)को प्लास्टिक सर्जरी सङ्कायको संयुक्त आयोजनामा गोष्ठी हुने भएको छ । ‘नेपालमा प्लास्टिक सर्जरीको अवस्था, चुनौती र सुरक्षित अभ्यास’ विषयमा यही वैशाख १४ गते गोष्ठी हुने भएको हो । यस गोष्ठीमा नेपालका वरिष्ठ प्लास्टिक सर्जन प्रा डा पियुष दाहाल, प्रा डा शङ्करमान राई, प्रा डा जयनमान श्रेष्ठ र प्रा डा किरण नकर्मीले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । कार्यक्रमको संयोजन र गोष्ठीबाट प्राप्त निष्कर्षका आधारमा भावी कार्ययोजनाको निर्माण गरिने अस्पतालका सहप्राध्यापक प्लास्टिक सर्जन डा पशुपतिबाबु पोखरेलले बताउनुभयो । गोष्ठीले नेपालको प्लास्टिक तथा जलनसम्बन्धी सेवाको विकास र विस्तार गर्न ऐतिहासिक भूमिका खेल्ने विश्वास लिएको आयोजकले जनाएको छ । गोष्ठीमा यो सेवामा कार्यरत करिब ५० जना प्लास्टिक सर्जनहरुको सहभागिता हुने अनुमान गरिएको छ ।
प्लास्टिक सर्जरीको अवस्था र सुरक्षित अभ्यासबारे गोष्ठी हुँदै
- Dainik Nepalgunj

- Categories: Health
Related Content
एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण
by
Dainik Nepalgunj
July 4, 2025
७२ जिल्लामा फैलियो डेङ्गी
by
Dainik Nepalgunj
June 9, 2025
‘विवाह गर्नुपूर्व सिकलसेल छ वा छैन भन्ने जाँच गराउन आवश्यक हुन्छ’
by
Dainik Nepalgunj
June 3, 2025
के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
by
Dainik Nepalgunj
May 14, 2025
‘दाँत तथा मुख स्वस्थ राख्न १० मिनेट छुट्याउँ’
by
Dainik Nepalgunj
March 20, 2025