नेपाल प्लास्टिक सर्जन सङ्घ (एपसन) र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल (न्याम्स्)को प्लास्टिक सर्जरी सङ्कायको संयुक्त आयोजनामा गोष्ठी हुने भएको छ । ‘नेपालमा प्लास्टिक सर्जरीको अवस्था, चुनौती र सुरक्षित अभ्यास’ विषयमा यही वैशाख १४ गते गोष्ठी हुने भएको हो । यस गोष्ठीमा नेपालका वरिष्ठ प्लास्टिक सर्जन प्रा डा पियुष दाहाल, प्रा डा शङ्करमान राई, प्रा डा जयनमान श्रेष्ठ र प्रा डा किरण नकर्मीले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । कार्यक्रमको संयोजन र गोष्ठीबाट प्राप्त निष्कर्षका आधारमा भावी कार्ययोजनाको निर्माण गरिने अस्पतालका सहप्राध्यापक प्लास्टिक सर्जन डा पशुपतिबाबु पोखरेलले बताउनुभयो । गोष्ठीले नेपालको प्लास्टिक तथा जलनसम्बन्धी सेवाको विकास र विस्तार गर्न ऐतिहासिक भूमिका खेल्ने विश्वास लिएको आयोजकले जनाएको छ । गोष्ठीमा यो सेवामा कार्यरत करिब ५० जना प्लास्टिक सर्जनहरुको सहभागिता हुने अनुमान गरिएको छ ।
प्लास्टिक सर्जरीको अवस्था र सुरक्षित अभ्यासबारे गोष्ठी हुँदै
- Dainik Nepalgunj

- Categories: Health
Related Content
प्रशासनमा चिकित्सकको ज्ञापन
by
Dainik Nepalgunj
July 29, 2026
चिकित्सक फेरि आन्दोलित
by
Dainik Nepalgunj
July 28, 2026
‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव
by
Dainik Nepalgunj
July 25, 2026
प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव
by
Dainik Nepalgunj
July 23, 2026
नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा
by
Dainik Nepalgunj
July 22, 2026