बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारी ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको राससलाई जानकारी दिनुभयो । लामिछानेका अनुसार भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गर्नुभयो । साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार नौ सय ६७ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार पाँच सय १३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिनुभयो ।
बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- Dainik Nepalgunj

Related Content
संघीय सरकारले बनाउने शिक्षा सम्बन्धि ऐनमा सबैका भावनाहरु समेटिने लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे विश्वास
by
Dainik Nepalgunj
August 16, 2025
भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला
by
Dainik Nepalgunj
August 16, 2025
लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार
by
Dainik Nepalgunj
August 15, 2025
चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन
by
Dainik Nepalgunj
August 15, 2025
सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री
by
Dainik Nepalgunj
August 15, 2025