चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन् । चोरी सिकारी गर्नेले दुईवटा मारेका तथा अन्य १९ वटा कालगतिले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका गैँडामध्ये सातवटा भाले, सातवटा पोथी र पहिचान नभएका सातवटा रहेका छन् । गैँडा दलदलमा फसेर, आपसमा जुधेर, बुढो भएर, बाघको आक्रमणबाट, चोरी सिकारी गर्नेबाट, मानवीय गतिविधि, र करेन्ट लागेर मर्ने गरेका छन् । सङ¬्ख्या बढेपछि बासस्थानका कारण गैँडा मर्ने क्रम बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “घाँसेमैदान र सिमसार क्षेत्रको व्यवस्थापन गर्नसके गैँडा संरक्षणमा सहयोग पुग्छ ।” यसका लागि निकुञ्जले नयाँ सिमसार क्षेत्रको व्यवस्थापन, पुरानाको मर्मत र घाँसेमैदान व्यवस्थापन गरिरहेको उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा १३ वटा भाले, सातवटा पोथी र एउटा पहिचान हुनसकेको गैँडा मरेको थियो । हाल निकुञ्जमा छ सय ९४ गैँडा छन् । दुर्लभ एकसिङ्गे गैँडाका लागि उपयुक्त बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या धेरै भएपछि निकुञ्जले केही गैँडालाई आन्तरिक स्थानान्तरण गरेर पूर्वी क्षेत्रमा लगेको छ ।
वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
प्रहरी उपरीक्षक जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’
by
Dainik Nepalgunj
October 16, 2026
सिटी बचत पीडितसँग जाहेरी माग
by
Dainik Nepalgunj
October 16, 2026
कोइराला निर्वाचित
by
Dainik Nepalgunj
October 16, 2026
बालविवाह अन्त्यका जुट्दै धार्मिक अगुवा
by
Dainik Nepalgunj
October 16, 2026
नेउवा संघ : शुभकामनासँगै बेथितिका चर्चा
by
Dainik Nepalgunj
October 16, 2026