भारतको तल्लो सदन लोकसभाको चौथो चरणको मतदान सुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार, बिहान ७ बजेदेखि सुरु भएको चुनावमा संसदका ९६ स्थानका लागि आज मतदान हुँदैछ । साथै आन्ध्र प्रदेश राज्यको १७५ सदस्यीय विधान सभा र ओडिसा राज्यको २८ सदस्यीय विधान सभाका लागि पनि आजै मतदान हुँदैछ । लोकसभाको ९६ स्थानमध्ये आन्ध्र प्रदेशका २५, तेलाङ्गानाका १७, उत्तर प्रदेशका १३, महाराष्ट्रका ११, मध्यप्रदेशका आठ, पश्चिम बंगालका आठ, बिहारका पाँच, झारखण्ड र ओडिसाका चार चार तथा जम्मु काश्मिरका एक स्थानमा चुनाव हुँदैछ । निर्वाचन आयोगका अनुसार यस चरणमा कूल एक हजार ७१७ उम्मेदवार चुनावी मैदानमा छन् । यस चरणको चुनावमा एआइएआइएमका प्रमुख असासुद्दीन ओवैसी, समाजवादी पार्टीका अध्यक्ष अखिलेख यादव, पश्चिम बंगाल काँग्रेसका प्रमुख अधिररञ्जन चौधरी, टिएमसीका नेता महुआ मोइत्रा, भाजपाका नेता गिरिराज सिंह, जनता दल युनाइटेडका राजीव रञ्जन सिंह (ललन सिंह), टिएमसीका नेता शत्रुघ्न सिन्हा र खेलाडी युसुफ पठान मुख्य प्रतिस्पर्धी छन् । तेस्रो चरणको मतदानसम्म २८३ स्थानको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भइसकेको छ । भारतको लोकसभामा ५४३ स्थान छ ।
भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु
- Dainik Nepalgunj

- Categories: World
Related Content
बङ्गलादेशले फेब्रुअरी चुनावका लागि ४० हजार बडी क्याम किन्ने
by
Dainik Nepalgunj
August 10, 2025
चीन र रुसद्वारा जापान सागरमा संयुक्त अभ्यास सुरु
by
Dainik Nepalgunj
August 3, 2025
गाजावासीलाई नगद सहायता दिइए पनि बजारमा खाद्यान्न अभाव : संयुक्त राष्ट्रसंघ
by
Dainik Nepalgunj
August 2, 2025
विश्व व्यापारलाई पुनः आकार दिन दर्जनौँ देशमाथि कर लगाउने ट्रम्पको आदेश
by
Dainik Nepalgunj
August 1, 2025
गाजामा इजरायली हवाई आक्रमण : चालिस भन्दा बढीको मृत्यु
by
Dainik Nepalgunj
July 14, 2025