बाँकेमा लागुऔषध दुव्र्यसनी तथा लागुऔषध कारोबार नियन्त्रण बर्षौदेखिको समस्या हो । सामाजिक संघ, संस्था, प्रहरी, प्रशासनले बेलाबेला दुव्र्यसनी नियन्त्रणका विभिन्न खालका कार्यक्रम कार्यान्वयनमा ल्याउने गरेका छन् । लागुऔषध विरुद्धको अभियानले लागुऔषध सेवनकर्ता, कारोबारी समातिने गरेपनि जिल्लामा न्यूनीकरण भने हुन सकेको छैन ।
बुधबार बाँकेमा पनि लागुऔषध विरुद्ध नयाँ अभियान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषध दुव्र्यसन तथा ओसारपसार विरुद्धको एकिकृत अभियान–२०८१ को सुभारम्भ गरेको हो । बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले अभियानको उद्देश्य लागूऔषध ओसारपसारको संगठित जालोलाई तोडी कानूनी कारबाहीलाई तीब्रता दिने, लागूऔषध दुव्र्यसन पीडितलाई समाजमा पुनस्र्थापना गर्ने, लागूऔषध विरुद्ध सरोकारवाला निकायहरू बीच सहकार्य गरी अगाडी बढ्ने समुदाय प्रहरी साझेदारीलाई प्रबर्दन गरी सचेतनामूलक कार्यक्रमहरू संचालन गर्ने रहेको बताए ।
अभियान संचालन गर्न नेपालगन्ज उपमहानगरपालिकाको सहयोग र सहकार्य रहने गरी बुधबार नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय बाँके बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । असार १५ गतेसम्मका लागि गरिएको सम्झौता अनुसार, लागूऔषध ओसारपसारको संगठित जालोलाई तोडी कानूनी कारबाहीलाई तीब्रता दिइने छ ।
लागुऔषध बिक्री गर्ने फार्मेसी तथा औषधी पसलहरूको अनुगमन तथा कारबाही गर्ने, दुव्र्यसनी जोखिम स्थान र व्यक्तिहरूको पहिचान÷अभिलेख अपडेट गर्ने, लापासे चेकजाँच किटको व्यस्थापन गरी प्रभावकारी चेकजाँचको ब्यबस्था मिलाउने सम्झौता गरिएको हो ।
दुव्र्यसनी पहिचान गरी मनोपरामर्श गर्ने, विद्यालय स्तरीय निबन्ध प्रतियोगिता गर्ने, सुधार गृहसँग समन्वय गरी फुटसल आयोजना गर्ने, रेडियो जिंगल प्रसारण गर्ने, होर्डिङ्ग बोर्ड जडान गर्ने, सडकन नाटक आयोजना गर्ने लगायतका सम्झौता गरिएको हो ।