नेकपा एमाले बाँकेको नवौं अधिवेशन अन्तर्गत आगामी कार्यकालका लागि कार्यसमिति निर्वाचन गर्नका लागि आज आइतबार साँझ ६ बजेदेखि मतदान हुने भएको छ । त्यसका लागि तयारी अन्तिममा रहेको निर्वाचन समितिका सदस्य भेषराज बस्नेतले जानकारी दिए ।
अध्यक्षमा निरक गुरुङ्ग र डिल्ली बिसी बीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि उम्मेदवारी दिएका कक्षपतिले उम्मेदवारी फिर्ता लिएको बताइएको छ ।
उपाध्यक्ष पदका लागि हालका सचिव रत्न खत्री र रविन्द्र लम्साल बीच प्रतिस्पर्धा हुँदैछ ।
सचिवमा चार जनाले प्रतिस्पर्धा गर्दैछन् । बलराम भटराई, दत्तप्रसाद आचार्य, खिल प्रसाद भुसाल र भीम ओली सचिवका उम्मेदवार हुन् ।
उपसचिवमा किशोर थापा, दिपक कुमार बर्मा र सोहन लाल यादव प्रतिस्पर्धा गर्दैछन् ।
उप सचिव महिलामा तर्फ रचना श्रेष्ठ, शारदा विश्वकर्मा र निर्मला सुनार प्रतिस्पर्धा गर्दैछन् ।
सहमतिको प्रयास सफल नभएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो । शुक्रबार अधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेल लगायतका केन्द्रीय नेताहरुले गरेका थिए ।
एमाले बाँकेमा ४ सय ६८ जना प्रतिनिधि रहेका छन् ।