भन्सार छलेर चोरी निकासी गरेको २३ लाख बढीको मोबाइल डिस्प्ले प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ बाट प्रहरी टोलीले मोबाइल डिस्प्ले, टच ९ सय २३ थान बरामद गरेको जानकारी दिएको छ ।
उक्त सामाग्रीको मूल्य २३ लाख ७ हजार अनुमान गरेको प्रहरीले आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।