प्रहरी–युवा फुटसल

बाँकेमा लागुऔषध दुव्र्यसनी तथा लागुऔषध कारोबार नियन्त्रण बर्षौदेखिको समस्या हो । सामाजिक संघ, संस्था, प्रहरी, प्रशासनले बेलाबेला दुव्र्यसनी नियन्त्रणका विभिन्न खालका कार्यक्रम कार्यान्वयनमा ल्याउने गरेका छन् । लागुऔषध विरुद्धको अभियानले लागुऔषध सेवनकर्ता, कारोबारी समातिने गरेपनि जिल्लामा न्यूनीकरण भने हुन सकेको छैन ।

लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि बाँकेमा लागुऔषध विरुद्ध नयाँ अभियान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषध दुव्र्यसन तथा ओसारपसार विरुद्धको एकिकृत अभियान–२०८१ को सुभारम्भ गरेको हो । अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरू आयोजना गरिने बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोग र सहकार्यमा प्रहरीले असार १५ गतेसम्म बाँकेमा विभिन्न खालका गतिविधि गर्दैछ ।

प्रहरीले अभियान अन्तर्गत शनिबार प्रहरी कर्मचारी र लागू औषध प्रयोग सुधारउन्मुख युवाहरू बीच मैत्रीपूर्ण फुटसल खेल आयोजना गरेको छ ।

प्रहरीले लागू औषधको माग कम गर्ने तथा लागु औषधको जोखिममा रहेका ब्यक्ती तथा समुहलाई समाजमा सिर्जनशिल तथा सकारात्मक बाटोमा हिडाउने उद्देश्यले फुटसल आयोजना गरेको प्रहरीले जानकारी दिएको छ ।

अभियान अन्तर्गत लागूऔषध ओसारपसारको संगठित जालोलाई तोडी कानूनी कारबाहीलाई तीब्रता दिइने छ । लागुऔषध बिक्री गर्ने फार्मेसी तथा औषधी पसलहरूको अनुगमन तथा कारबाही गर्ने, दुव्र्यसनी जोखिम स्थान र व्यक्तिहरूको पहिचान÷अभिलेख अपडेट गर्ने, लापासे चेकजाँच किटको व्यस्थापन गरी प्रभावकारी चेकजाँचको ब्यबस्था मिलाउने खालका गतिविधि अभियान अन्तर्गत सञ्चालन हुनेछ ।

Exit mobile version