एकताको सन्देश दिदै क्रान्तिकारी कम्युनिष्ट

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच एकता भई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निर्माण भएको सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । कम्युनिष्ट बीच एकताको प्रयास बीच क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा (मसाल) समेत पार्टी एकता भएको पत्रकार सम्मेलनमा पार्टीका बाँके जिल्ला संगठन समिति संयोजक कृष्ण बहादुर शाह (परिवर्तन) ले जानकारी दिएका छन् ।

क्रान्तिकारी पार्टीहरूको बिचको एकतालाई अझै थप बल दिनका लागि पार्टीले केन्द्रीय स्तरको अधिवेशनसँगै सात वटै प्रदेशको एकता अधिवेशन समेत सम्पन्न गरेको बाँके संयोजक शाहले बताए । उनले सबै जिल्ला कमिटीहरूको एकता प्रक्रिया जेष्ठ मसान्तसम्म सम्पन्न गर्ने कार्यक्रम बाँके जिल्लामा सम्पन्न गरिएको जानकारी दिए ।

अधिवेशनमा पार्टीका मान बहादुर भण्डारीले केन्द्रीय सर्कुलर र प्रदेश सरकुर्लर वाचन गरेका थिए भने बाँके र बर्दियालाई प्रदेश ६ नं. मा राखेको पार्टीले संगठन समितिका दुई पार्टीका प्रतिनिधिहरू प्यानल प्रस्ताव अनुमोदन गरेको जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो ।

पार्टीको संरचना अनुसार प्रदेश ६ मा रहेको बाँके जिल्लाको एकता अधिवेशनले ६५ जनाको जिल्ला कमिटि गठन गरेको छ । जसमा कृष्णशाह (परिवर्तन) संयोजक र गुणनिधि आचार्य(कुशल), प्रकाश आचार्य र हरि कृष्ण न्यौपाने रहेका छन् ।

एकता अधिवेशनको प्रमुख अतिथिमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रिय कार्यालय सदस्य तथा ६ नं. प्रदेश इन्चार्ज प्रेम सुवेदी (प्रमोद), विशेष अतिथि ६ नं. प्रदेश संयोजक पहल बहादुर (संगम), ६ नं. प्रदेश सह–संयोजक दिपक बहादुर शाहि (उर्जा), पे्रम बहादुर चलाउने (अनन्त), ऋषिराम थारु, कमला खड्का (कर्णाली) र अखिल (क्रान्तिकारी) का ६ नं. प्रदेश इन्चार्ज हरि विष्ट रहेका थिए ।

नव निर्वाचित कमिटिलाई बधाई तथा शुभकामना दिदै प्रमुख अथिति प्रेम सुवेदी (प्रमोद)ले पार्टी एकताको आवश्कता र समसायिक विषयमा धारणा राखेका थिए । नव निर्वाचित समितिलाई अथिति पहल बहादुर रावल, दिपक बहादुर शाहि,प्रेम बहादुर चलाउने,ऋषिराम थारु, कमला खड्का (कर्णाली) र हरि विष्टले शुभकामना दिएका थिए । कार्यक्रमको अध्यक्षता कृष्ण बहादुर शाह परिवर्तन र सहजीकरण मान बहादुर भण्डारीले गरेको
पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

Exit mobile version