चिसोबाट ३५ जना भूकम्प पीडितको मृत्यु

नेपालगन्ज । जाजरकोटस्थित बारेकोट गाउँपालिका-१ रामीडाँडामा केन्द्रबिन्दु भइ कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित ३५ जना भूकम्प पीडितको चिसोका कारण मृत्यु भएको छ । दम, ज्वरो, निमोनियालगायतका बिरामीसँगै केही सुत्केरी महिलाहरुको चिसोका कारण मृत्यु भएको हो ।

भूकम्पयता जाजरकोट र रुकुम पश्चिमका ३५ जनाको त्रिपालमुनि मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार जाजरकोटका २९ र रुकुम पश्चिमका ६ जना त्रिपालमा बसेका भूकम्पपीडितको मृत्यु भएको छ । चिसोका कारण एकजना नवजात शिशु र एकजना एक वर्षीय बालकको र अन्य बृद्धबृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये  दममा पीडित, हृदयघात, निमोनिया, ज्वरोलगायतका रोगबाट ग्रसित व्यक्तिहरुको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णालीले जनाएको छ । बारेकोट-४, मैना जाजरकोटका २९ वर्षीय नमराज बस्नेतको भने टहरा बनाउन खर खाट्न गएका बेला भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

चिसो बढ्दै जाँदा भूकम्पपीडितहरु चिसोले थप पीडित भएका छन् । चिसोले बृद्धबृद्धा, बालबालिका र दीर्घरोगी, सुत्केरी महिलाहरुलाई बढी प्रभावित बनाएको छ । विभिन्न रोग लागेका व्यक्तिहरु चिसोका कारण मृत्यु भएको हुन सक्ने बताइएको छ । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित यतिबेला त्रिपालमुनि बसिरहेका छन् । चिसोले भूकम्पीडित कष्टकर बनाएको भूकम्पीडित रुकुम पश्चिमस्थित सानीभेरीका गणेश चिन्तनले जनाए । भूकम्पपीडितहरुको अवस्था दयनीय छ,’ उनले भने, ‘समयमै न्यायो प्रदान गरिएन भने विभिन्न रोगबाट संक्रमित वृद्धवृद्धा र बालबालिकाको मृत्यु हुनेको संख्या बढ्न सक्छ ।बिरामी, बालबालिका र सुत्केरी तथा गर्भवती महिलालाई न्यायो बनाउन उपया र त्यसखाले सहयोगको खाँचो रहेको उनको भनाइ छ ।

उक्त भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ जनाको मृत्यु भएको थियो । भूकम्पबाट १२ जिल्ला प्रभावित भएका थिए । ति जिल्लाका करिब २६ हजार पाँच सय घर पूणर्रुपले क्षतिग्रस्त र करिब ३५ हजार तीनभन्दा धेरै घरमा आंशिक क्षति भएको थियो । यहाँका जिल्लामा करोडौं मूल्य बराबरको धनसम्पत्तिमा क्षति पुगेको छ ।

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Add Your Heading Text Here

Exit mobile version