बाँके : एक सय २७ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले जेठ महिनामा भएको काम, कारबाहीको विवरण मंगलबार सार्वजनिक गरेको छ । प्रहरीले जेठ महिनामा मात्रै १ सय ७२ वटा मुद्दा दर्ता भएको जानकारी दिंदै उक्त मुद्दामा १ सय २७ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले पुराना मुद्दा पनि फस्र्यौट गरिरहेको जानकारी दिएका छ । ‘६३ वटा पेण्डिङ मुद्दाहरू फर्छौट गरिएको छ’, उनले भने ।

जेठमा जिल्ला प्रहरी कार्यालय बाँकेमा ठाडो उजुरी ४ सय ९९ वटा परेकोमा ३ सय ५१ फर्छौट गरिएको बाँके प्रहरीले जानकारी दिएको छ । ‘१५ वटा सम्बन्धित निकायमा पठाइएको र १ सय ३३ वटा बाँकी निबेदन फर्छौट प्रक्रियामा रहेको छ’, प्रहरी दिएको विवरणमा उल्लेख छ ।

प्रहरीले जेठमा चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । चोरी भएका ७ थान मोबाइल फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाइएको जानकारी दिंदै बाँके प्रहरीले मोटरसाईकल चोरी गर्ने ४ जना मानिसहरूलाई ९ वटा मोटरसाइकल सहित पक्राउ गरी कानूनी दायरामा ल्याइएको बताएको छ ।

स्कुटर चोरी गर्ने २ जना मानिसहरूलाई स्कुटर सहित पक्राउ गरी कानूनी दायरामा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले जेठ महिनामा मात्रै लागू औषध ओसारपसार बिरुद्ध योजनाबद्ध रूपमा प्रहरी परिचालन गरी २९ ग्राम ३६९ मिलिग्राम ब्राउन सुगर लागू औषध सहित २८ जना ओसारपसारकर्ताहरूलाई कानूनी दायरामा ल्याएकोजानकारी दिएको छ ।

त्यस्तै, प्रहरीले गत जेठ १९ गते नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ र ३ बस्ने क्रम विनोद सोनी र हारुण रहिस हलवाईलाई स्रोत नखुलेको नगद ८ लाख सहित नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाएको छ ।

Exit mobile version