बाँकेमा गत जेठ महिनामा मात्रै १ हजार ७ सय १३ वटा सवारी साधनलाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारवाही गरेर १४ लाख ६१ हजार ६५ हजार राजश्व संकलन गरेको जानकारी दिएको छ ।
बाँके प्रहरीले गत जेठमा सवारी धनि नखुलेका १ सय २१ वटा मोटरसाइकल र स्कुटर पनि लिलाम गरिएको जानकारी दिएको छ । लिलामीबाट ६ लाख १२ हजार राजश्व असुल भएको छ । त्यस्तै, गत जेठ महिनामा मात्रै २ सय ३० वटा सचेतनामुलक कार्यक्रम आयोजना गरेको प्रहरीले जानकारी दिएको छ ।