रोटरी क्लब अफ सेन्ट्रल बाँकेको चौथौ पद हस्तान्तरण गरिएको छ । कार्यक्रममा रोटरी बर्ष २०२३÷२४ का अध्यक्ष किशोर कृष्ण भण्डारीले रोटरीबर्ष २०२४÷२५ का अध्यक्ष डा. प्रचण्ड गौतमलाई पदभार हस्तान्तरण गरेका हुन् ।
क्लबको उपाध्यक्षमा डा. नबिन बुढाथोकी, प्रेसिडेन्ट इलेक्टमा गंगाराम चौलागाई, प्रेसिडेन्ट नोमिनीमा ईश्वरी जंग मल्ल ठकुरी, सचिवमा बिमल कार्की, कोषाध्यक्षमा गंगा सुवेदी, प्रशासन प्रमुखमा बिधान न्यौपाने, रोटरी फाउन्डेसनमा रिषभ अग्रवाल रहेका छन् । त्यस्तै, सर्भिस प्रोजेक्टमा बिमल कार्की, सदस्यता तर्फ डा. गोपाल सागर डि.सी., पब्लिक इमेज प्रमुखमा किशोर कृष्ण भण्डारी र सर्जेन्ट एट आर्मसमा दुर्गा प्रसाद चौलागाई रहेका छन् ।
पद हस्तान्तरण गर्दै रोटरी बर्ष २०२३÷२४ का अध्यक्ष किशोर कृष्ण भण्डारीले आफ्नो एक वर्षे कार्यकालमा गरेका महत्वपूर्ण कामका बारेमा जानकारी गराउँदै एक वर्षको अवधिमा रोटरीले बृहत आखा शिविर सञ्चालन, भुकम्प पीडितलाई सहयोग, निल सागरमा वृद्धाश्रममा खाध्यान्न तथा आखा शिविर संचालन, वृक्षारोपन कार्यक्रम, रक्तदान कार्यक्रम, छात्रामैत्री शौचालय निर्माण लगायतका कामहरू गरेको जानकारी दिएका थिए ।
पदभार ग्रहण गर्दै अध्यक्ष डा. प्रचण्ड गौतमले आगामी वर्षको कार्ययोजनाको बारेमा जानकारी गराउँदै अबको एक वर्षभित्र वृक्षारोपण कार्यक्रम, कर तथा लेखा सम्बन्धी तालिम संचालन , स्वास्थ्य शिविर, वृहत आँखा शिविर, पाठेघर जाँच शिविर, छात्रामैत्री शौचालय निर्माण, खानेपानी संरक्षण लगायतका कामहरू गर्ने योजना अघि सारेका थिए ।
कार्यक्रममा क्लवका चार्टर्ड प्रेसिडेण्ट कुमार शान शाह र रोटरी बर्ष २०२२÷२३ का अध्यक्ष बिश्वराम भण्डारी जिम्मेवारी सम्हालेको टिमलाई शुभकामना दिएका थिए ।