एघार महिनामा ५७ प्रतिशत मात्रै भन्सार असुली

नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक बर्षमा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसक्ने देखिएको छ ।

भन्सारको तथ्यांक अनुसार, चालु आर्थिक बर्षको जेठ मसान्तसम्म लक्ष्यको ५७.३४ प्रतिशत राजश्व असुली भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयले चालु आ.व.मा २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार लक्ष्य पाएकोमा जेठ मसान्तसम्म १६ अर्ब ४३ करोड ४३ लाख ९७ हजार मात्रै भन्सार राजश्व असुली गरेको छ ।

नेपालगन्ज भन्सार कार्यालयले चालु आ.व.को कुनै पनि महिनामा लक्ष्य अनुसार भन्सार राजश्व असुल गर्न सकेको छैन ।

Exit mobile version