‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

नेपालगन्जमा ‘क्याफेकल्चर’ भित्रिएको धेरै भएको छैन । तर, यसबीच क्याफे चाहिं निकै खुलेका छन् । कफिका सौखिनहरू भन्छन्, सबैका आ–आफ्ना विशेषता छन् । ‘तपाईको क्याफे चाहिं किन आउने ?’ आज बुधवारबाट सञ्चालनमा आउन लागेको कफि सपको निम्तो दिन भेटिएका युवा उद्यमी बासु भण्डारीलाई दैनिक नेपालगन्जले सोध्यो । नेपालगन्जमा आकर्षक बुक एण्ड स्पोर्टस् शो रुम सञ्चालमा ल्याएर चर्चा कमाएका भण्डारीले सहजै उत्तर दिए, ‘पहिलो पटक क्याफेमा बसेर रोजेको पुस्तक पढ्न् !’
‘तपाई एउटा बौद्धिक जमातमा विश्वास गर्नुहुन्छ भने २÷३ घण्टा शान्तसँग चर्चित पुस्तक वीथ कफि हाम्रो क्याफेमा पाइने छ,’ विभिन्न सामाजिक संघसंस्थामा जोडिएर पठन संस्कृतिको वकालत गर्दै आएका भण्डारीले विशेषता थप्दै गए, ‘पुस्तक र कफिका पारखीलाई एउटा राम्रो प्लेटफर्म क्रिएट गरेको छु ।’
शुरुवातको २५ लाखबढी लगानीमा ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’ सञ्चालनमा ल्याएका भण्डारीले सहरको बौद्धिक मञ्चका रूपमा यसलाई विस्तार गर्ने सोंच सुनाए । ‘उहाँको सोंच निकै मन प¥यो, म त्यसका लागि उहाँको विचारमा जोडिन चाहिरहेको छु’, कफिर किताबका सौखिन साहित्यकार भोजराज नादिरले कफि मन्थनबारे दैनिक नेपालगन्जसँग भने, ‘एउटा निस्वार्थ, सरल र गैरराजनीतिक बहसको थलो स्थापना गर्ने कुराले सकारात्मक उर्जा प्रवाह गर्नेछ ।’
कुटुक्बले कफिका पारखीहरूलाई सदस्यता वितरण गरि सहुलियतमा पुस्तक र कफिको स्वादमा पारिवारिक अपनत्वको योजना बनाएको नादिरले सुनाए । ‘कुटुम्बको सदस्यले क्याफेमा सहुलियत कफिको स्वाद र पुस्तकको रसस्वादनमात्रै होइन, आफुलाई मन परेको पुस्तक निश्चित दिनका लागि घर लगेर अनुकूल समयमा पढेर फर्काउन सक्नुहुनेछ,’ नजिकै जोडिएको माउण्ट एभरेष्ट बुक्स देखाउँदै भने, ‘हाम्रो पार्टनर अर्गनाइजेनसमा तपाईले चाहेजस्तै खोजेजति पुस्तक उपलब्ध छन् ।’ भण्डारीका अनुसार, कुटुम्भमा बैचारिक बहस र बौद्धिक व्यक्तित्वहरूबीचको विषयगत मन्थन नियमित गरिनेछ ।

Exit mobile version