नेपालगन्ज उप–महानगरपालिकाले आगामी आ.व. २०८१/०८२ का लागि १ अर्ब ५० करोड बराबरको बजेट ल्याएको छ ।
उपमहानगरपालिकाको सोमबार भएको १५आंै अधिवेशनमा नगर उपप्रमुख कमरुद्दिन राई १ अर्ब ५० करोड ३८ लाख ८६ हजार १ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।
नेपालगन्ज उपमहानगरपालिकाको बजेटको ठुलो भार संघ र प्रदेशबाट प्राप्त वित्तिय समानिकरण र राजश्वको बाँडफाँडको बजेट रहेको छ ।
‘विगतका आर्थिक वर्षहरुको तुलनामा प्रस्तावित आय क्रमशः न्यून प्राप्त भैरहेको, सिमित स्रोत साधनबाट असिमित आवश्यकता पुरा गर्नुपरेको, क्रमशः मुल्यवृद्धी भईरहेको अवस्थामा चालु आर्थिक वर्ष २०८०/०८१ मा समेत हालसम्म संघिय समानिकरण अनुदानको करिव ७ करोड ६३ लाख रुपैया, प्रदेश समानिकरण अनुदानको करिव ५६ लाख ५१ हजार रुपैया रोक्का भएको छ’, बजेटका चुनौति उल्लेख गर्दै उपप्रमुख राईले भने, ‘संघीय राजश्व वाँडफाडको लागि प्राप्त सिलिङ्ग भन्दा करिव ४ करोड ७२ लाख रुपैया, घरजग्गा रजिष्ट्रेशन दस्तुरको आय अनुमान भन्दा करिव ४ करोड ७ लाख रुपैया कम प्राप्त भएका कारण समग्र खर्च नै प्रभावित भै अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन ।’
सभामा नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।
नगर प्रमुख विष्टले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पूर्ण पाठ पढ्न क्लिक गर्नुहोस् ।