नेपालगन्जमा सुटिङ्ग हुँदै ‘स्वीकार’

नेपाली कथानक चलचित्र स्वीकारको बिहीबारदेखि शुभमुहुर्त भएको छ ।

सगरमाथा गन्तव्य मिडिया प्रालि एवं सगरमाथा ई।बोडिङ स्कूलको सयुक्त प्रस्तुतीमा नेपाली कथानक चलचित्र स्वीकारको आज एक कार्यक्रमका विच शुभमुहुर्त भएको हो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले स्वीकार फिल्मको व्यानर खोलेर शुभमुहुर्त गर्नुभएको छ । शुभमुहुर्त कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न स्थाना गरिने छायाङकनको लागि प्राविधिक तथा चाहिने सहयोग आफुले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपालगन्जमा धार्मिक, शिक्षा, स्वास्थ्य लगायतका विषयबस्तुमा आधारित फिल्मले स्थानिय कलाकारहरुलाई जोड दिएर फिल्म निर्माण गर्न लागिएको हो । नेपालगन्जको सेरोफेरोमै छायाङकन गर्ने र स्थानिय कलाकारहरु कै सहभागितामा फिल्म निर्माण गरिने भएको हुनाले फिल्मले सफलता कायम गर्ने लक्ष्य रहेको फिल्म युनिटले जनाएको छ ।

फिल्मको निर्माता कृष्ण जिसी र लक्ष्मी विसीको रहेको छ भने निर्देशकको भुमिका चर्चित कलाकार रञ्जित रानाको रहेको छ । यस्तै फिल्मको मुख्य गुरुको भुमिका कलाकार गोविन्द प्रभातको रहेको छ भने स्थानिय कलाकारहरुमा सानु टमाटा, करुणा सुनार, रुपक रोकाय, अंकित गिरी, सुजन सुनार, नैना सिंह बोहरा, लक्ष्मी चौधरी, दिपक थापा, झक्कड थापा, खगेन्द्र विसी लगायतका कलाकारहरुको भुमिका यस फिल्ममा देख्न सकिने फिल्मका निर्माता कृष्ण जिसीले जानकारी गराउनुभयो । फिल्मको छायाङकन रामु चौधरीले गर्नुहुने छ भने मेकअपमा लक्ष्मी चौधरीको भुमिका रहेको छ । पौने २ घण्टाको स्वीकार फिल्म बाँकेको विभिन्न समणिय स्थलमा छायाङकन गरिने सुटिङ युनिटले जनाएको छ । फिल्मको छायाङकन १ महिना भित्रै सकिने छ ।

Exit mobile version