१. ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा थप तथ्यहरू फेला पारेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस प्रकरणमा थप २० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४ भारतीय र २ जना चिनियाँ नागरिकसमेत रहेका छन् ।
२. स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालहरुको सुधार नै आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका उनले स्वास्थ्य संस्थाको सुधारका लागि मन्त्रालयले रातदिन काम गरिरहेको बताए ।
३. देशभरि ७९१ जना भन्सार एजेन्टले नियुक्ति लिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले आव २०७९÷८० मा मात्र ६१८ जना भन्सार एजेन्ट नियुक्त भएको जानकारी दिए ।
४. उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी विधेयकका विषयमा प्रमुख तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।
५. उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बिभिन्न २५ वटा भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा मौखिक प्रश्नोत्तर कार्यक्रमका क्रममा उनले यस्तो बताएका हुन् ।
६. शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रको संरचनागत सुधारका लागि प्रयास भइरहेको बताएकी छिन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री श्रेष्ठले यस क्षेत्रको सुधारका लागि मन्त्रालय मात्र नभइ सबै पक्ष जिम्मेवारीका साथ लाग्नुपर्ने बताए ।
७. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमको गरिमा सबैले रक्षा गर्नुपर्ने बताएका छन् । निगमको ६६औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले विभिन्न आरोह अवरोहकाबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानमा अलग्गै पहिचान बनाउन सफल निगमको गरिमामाथि आँच पु¥याउन नहुनेमा जोड दिए ।
८. कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश गरेका छन् । विजयकुमार गच्छदार नेतृत्वको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा रहेका देव उक्त पार्टीसँगै कांग्रेसमा समाहित भएका थिए ।