बाँकेको राप्तीसोनारी गाउँपालिकाको अद्यावधिक बेरुजु ३४ करोड नाघेको छ । महालेखाको ६१ आंै प्रतिवेदनले राप्तीसोनारीको आ.व. २०७९÷०८० सम्मको अद्यावधिक बेरुजु ३४ करोड ८२ लाख ६८ हजार पुगेको उल्लेख गरेको छ ।
लेखापरीक्षणको अघिल्लो आ.व.सम्म ३५ करोड ६८ लाख ९९ हजार बेरुजु रहेको राप्तीसोनारी गाउँपालिकाले लेखापरीक्षण बर्ष आ.व. २०७९÷०८०मा ४ करोड ९१ लाख ३१ हजार मात्रै फस्र्यौट गरेको छ ।
महालेखाले आफ्नो प्रतिवेदनमा प्रत्येक बर्ष स्थानीय तहलाई विभिन्न सुझाव दिने गरेपछि अटेरी हुँदा त्यस्तै खालका बेरुजु अर्को बर्ष दोहोरिने गरेको हो ।
‘लेखापरीक्षणबाट रू. ५ करोड १८ लाख १९ हजार बेरुजू देखिएको छ’, महालेखाले आ.व. २०७९÷८० को लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरेको छ, ‘ सो सम्बन्धमा रु. १ करोड १६ लाख ६ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने रू. ५१ लाख २८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. १ करोड ७ लाख ३७ हजार, नियमित गर्नुपर्ने रु. २ करोड ३३ लाख ७९ हजार, पेश्की बाँकी रु ९ लाख ६९ हजार समेत गरी यस वर्ष रु. ४ करोड २ लाख १३ हजार बेरुजू कायम रहेको छ ।’