अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा चालु आ.व.को हालसम्म ५ सय ७४ वटा उजुरी परेको छ । दाङ्ग, बाँके, बर्दिया र रोल्पा कार्यक्षेत्र रहेको सम्पर्क कार्यालयमा पर्ने अधिकांस उजुरी प्रविधिको प्रयोग गरेर गरिएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जको तथ्यांक अनुसार कुल उजुरी मध्ये हुलाक, इमेल र टेलिफोनबाट उजुरी दिने बढी रहेका छन् ।
चालु आ.व. २०८०/८१ को साउनमा अख्तियारको सम्पर्क कार्यालयमा कुल ८२ उजुरी परेका
छन् । जसमध्ये इमेलबाट २१, हुलाकबाट १८, टेलिफोनबाट १० वटा र लिखित निवेदन ३३ वटा उजुरी परेका छन् । साउन मात्रै होइन चालु आ.व.को अन्य महिनामा पनि कार्यालयमा पुगेर लिखित निवेदन दिनेभन्दा अन्य माध्यमबाट उजुरी दिनेको संख्या बढेको छ । सबैभन्दा बढी उजुरी परेको चालु आ.व.को फागुनमा ८५ परेका थिए । जसमध्ये इमेलबाट मात्रै ५० वटा उजुरी परेका थिए भने टेलिफोनबाट ५, हुलाकबाट १० र लिखित उजुरी १९ वटा अख्तियारमा परेको तथ्यांक अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जले सार्वजनिक गरेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जमा गत आ.व. २०७९÷०८० मा ४ सय ४५ वटा उजुरी परेका छन् । आ.व. २०७८÷०७९ मा ४ सय ७५ वटा उजुरी दर्ता भएको थियो ।
अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका अनुसार, गत आ.व. २०७९÷०८० को साउनमा ५६, भदौमा ३९, असोजमा २२, कार्तिकमा १७, मंसिरमा १८, पुसमा २६, माघमा ३८, फागुनमा ३९, चैत्रमा ५०, बैशाखमा ५८, जेठमा ५९ र असारमा २२ वटा उजुरी दर्ता भएका थिए ।