भारतसँग सीमा जोडिएको बाँकेमा ठाउँठाउँमा चेकजाँच हुँदै आएको छ । सीमा सुरक्षाकर्मीको पातलो उपस्थिति रहने गरेपछि आँखाले देख्न सकिने गरी सुरक्षाकर्मी परिचालन गरिएको पाइन्छ । तरपनि तस्करीको मालसामान नाका कटेर बजारमा भित्रिने गरेको पाइन्छ ।
बाँके प्रहरी र सशस्त्र प्रहरीले नियमित जस्तो भन्सार छलीको मालसामान बरामद गरी नेपालगन्ज भन्सार कार्यालय बुझाइरहेको पाइन्छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सोमबार पनि झण्डै तीन लाख बराबरको भन्सार छलेर ल्याएको मालसामान बरामद गरेको जानकारी दिएको छ ।
नेपालगन्ज उपमहागनरपालिका वडा नं. १८ बाट भन्सार छली गरी ल्याएको कुर्ता सुरुवाल, कुर्ती, चप्पल, हातमा लगाउने सक्स वेवारिसे फेला परेको प्रहरीले जानकारी दिएको छ । उक्त सामान करिब २ लाख ९२ हजार ८ सय ५० बराबरको रहेको प्रहरीले मूल्यांकन गरेको छ । बरामद मालसामान थप कारवाहीका लागि प्रहरीले नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।