खजुरा गाउँपालिका बाँकेले आर्थिक बर्ष २०८०/०८१ को अन्तिम सार्वजनिक सुनुवाई शनिबार गरिएको छ ।
खजुरा गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा खजुरा मिनिपार्कमा भएको सुनुवाईले ७ बुदें साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरेको छ ।
सहभागी र सरोकारवालाबीच दोहोरो प्रश्नोत्तर प्रश्चात खजुरा प्रथमिक स्वास्थ्य केन्द्रमा एमबिबिएस डाक्टरको नियुक्तीका लागि संघीय सरकारसँग माग भइसकेको र आर्थिक बर्ष २०८१÷०८२ को पहिलो चौमासिक भित्र डाक्टर सहितको सेवा सञ्चालनको पहल गर्ने, प्रतिबद्धता गरिएको थियो ।
खजुरा गाउपालिकालाई खेलकुदकालागि उर्वर क्षेत्रको रूपमा बिकसित गर्न खेलकुदमा लगानी बढाउने तथा खेलकुदग्रामको हल मर्मत तथा ब्यवस्थापन गर्ने, बिपद् प्रभावित परिवारलाई हालसम्म पनि रकम भुक्तानी नभएको पाइएकाले एक महिना भित्र भुक्तानी हुन सबै रकम सम्बन्धित ब्यक्तिको खातामा निकासा गर्ने प्रतिबद्धता सार्वजनिक सुनुवाईमा गरिएको थियो ।
पालिका भित्र सञ्चालीत बिशेष महत्वका योजनाहरूको काम छिटो छरितो सम्पन्न गर्न पहल गर्ने, खजुरा ग्रिन सिटि परियोजनालाई प्राथमिकिकरणमा राखेर काम गर्ने, खजुर बिद्युत सव स्टेशनको काम यथासक्य सञ्चालन गरि दुई बर्ष भित्र सम्पन्न गर्ने, भानु माबिको अधिनमा रहेको भवन ब्यवस्थापन गरी कम्प्युटर शिक्षालयको रूपमा बिकास गर्ने, गाउँपालिकाले तयार गरेको प्रतिबेदन तथा तथ्यांकलाई आधिकारीक रूपमा प्रमाणित गरेर सार्वजनिकीकरण गर्ने र वडा नम्बर ३ आदर्शटोलमा नाला निर्माण गर्ने, लक्षीत बर्ग उत्थान कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ ।
बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजिकरण गरेको सुनुवाईमा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।
सुनुवाईको सुरुवातमा गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को अन्तिम चौमासिकमा गरेका कार्यहरूको प्रगति प्रतिबेदन गाउँपालिकाका प्रवक्ता धनराम ओली क्षेत्रीले गरेका थिए । सुनुवाई पूर्ब गरिएको नागरिक प्रतिबेदन पत्र तथा बर्हिगमन अभिमतको नतिजा घोषण बास नेपालका निर्देशक हेमराज भट्टले गरेका थिए ।