कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

Argentina's forward #10 Lionel Messi lifts up the trophy as he celebrates winning the Conmebol 2024 Copa America tournament final football match between Argentina and Colombia at the Hard Rock Stadium, in Miami, Florida on July 14, 2024. (Photo by CHARLY TRIBALLEAU / AFP)

कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले जितेको छ । अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा भएको फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गरेको गोल अर्जेन्टिनाको जितका लागि निर्णायक भएको हो । यो गोलसँगै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि १६ पटक उचालेको छ । निर्धारित ९० मिनेटको समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गर्नुभएको हो ।

अर्जेन्टिनाले उपाधि उचालेको खेलमा कप्तान लियोनल मेसीले दोस्रो हाफको ६५ मिनेटमा मैदान छोडेका थिए । अर्जेन्टिना साविक विजेता हो । कोलम्बियाको अपराजित यात्रामा अर्जेन्टिना बाधक बनेको हो । कोलम्बिया अन्तिम पटक सन् २०२२ मा भएको विश्वकप २०२२ को छनोटमा अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो भने त्यसयताका सबै २८ खेल जितेको थियो । त्यसैगरी, बर्लिनमा आजै भएको यूरो कप फाइनल खेलमा स्पेनले इङ्ल्याण्डविरूद्ध २ ः १ गोल गर्दै उपाधि जितेको छ । स्पेनले युरो कप २०२४ को उपाधि जितेको हो । दोस्रो हाफको सुरुवातमै स्पेनले गोल गर्दै खेलमा सुरुवाती अग्रता लिएको थियो । स्पेनका लागि लामिन यमालको पासमा निको विलियम्सले पहिलो गाले गर्दै खेलमा स्पेनले अग्रता लिएको थियो ।

खेलको ७३औं मिनेटमा इङ्ल्यान्डले गोल गरी खेललाई बराबरीमा फर्काएको थियो । इङ्ल्याण्डका कोल पालमरले खेलको दोस्रो हाफमा प्रवेश गरेको तीन मिनेटमा नै लामो दुरीबाट उत्कृष्ट गोल गर्न सफल हुनुभएको थियो । तर ८६औं मिनेटमा स्पेनले विजयी गोल ग¥यो । मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जित दिलाए । स्पेनको यो चौथो युरो उपाधि हो । इङ्ल्यान्ड भने लगातार दोस्रोपटक पनि युरो कप फाइनलमा पराजित भएको छ । इङ्ल्यान्डले युरो कप उपाधि जित्न सकेको छैन । तर ८६औं मिनेटमा स्पेनले विजयी गोल ग¥यो । मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जित दिलाउनुभएको हो । स्पेनको यो चौथो युरो उपाधि हो । युरो कप उपाधि जित्न नसकेको इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कप फाइनलमा पराजित भएको छ ।

Exit mobile version