बाँकेका गायक भुवन भट्टराईको “मेरी माया“ गीत सार्वजनिक भएको छ । भट्टराईको सिर्जनात्मक शब्द र संगीत रहेको गीत युटुब मार्फत सार्वजनिक गरिएको हो । भट्टराईले थुप्रै गितमा आफ्नो सुमधुर आवाज भरेर लोकप्रियता बटुलीरहेकी चर्चित गायिका अस्मिता अधिकारीले गीतमा स्वर दिएकी छन् ।
भिडियोमा कसरी दुई जनाको प्रेम जीवनलाई अर्थपूर्ण बनाउन सकिन्छ भन्ने कुरा पनि महसुस गर्न सकिन्छ। गितको भावलाई महशुस गर्दा प्रेम सम्बन्धलाई कसरी अझ बलियो बनाउन सकिन्छ भन्ने कुरालाई प्रेरित गर्दछ। प्रेममा आउन सक्ने उतार–चढाव र सम्बन्धलाई बलियो बनाउन आवश्यक सम्झौताहरूको महत्वलाई उजागर गरिएको गितले प्रेममा समर्पण र सहकार्यको आवश्यकता कति रहन्छ भन्ने समेत प्रस्तुत गरेको छ ।

गीतको संगीत संयोजन राजेन्द्र बजगाईले गरेका हुन् । जो आफैमा पनि एक कुशल गायक तथा सर्जक हुन् । उनको संगित संयोजनले गीतको माधुर्यलाई थप सुन्दर बनाएको छ । संगीत तथा शब्दहरूले माया प्रेमका भावनालाई जिवित राख्ने प्रयास गरेको छ, जसले दर्शक श्रोताहरूलाई संगीत र प्रेम भावनाको सम्बन्ध बुझाउन मद्दत पुर्याउँछ ।
गितको भिडियो दक्षिण कोरियाको मनमोहक स्थानहरूमा छायांकन गरिएको छ, जसले गीतको भिडियोलाई अझै सौन्दर्य प्रदान गरेको छ ।
निर्देशक बिमल सिजालीले गीतको भावनालाई उत्कृष्ट रूपमा भिडियोमा उतारेका छन्, गितको छायांकन तथा भिडियो सम्पादन पनि बिमल सिजालिले नै गरेका हुन्, भिडियोमा कलर सम्पादन राजेन्द्र मोक्तानले गरेका छन् भने अनिका घिसिङले मेकअप गरेका हुन जसले भिडियो लाई थप आकर्षक र प्रभावशाली बनाएको देख्न सकिन्छ। साथै भिडियोको निर्माण भने सुजल गिरिले गरेका हुन् ।
भिडियोमा कलाकार शिशिर गिरि र दिया खड्काको सशक्त अभिनयले एक सच्चा प्रेमको कथा प्रस्तुत गरेको छ । उनीहरूको अभिनयले गीतको भावनालाई अझ प्रभावशाली देखाएको छ, जसले दर्शक श्रोताहरूलाई गीतको कथासँग आत्मीयता का साथ जोड्न मद्दत पुर्याउँछ । दुबै जनाको अभिनयले प्रेम प्रतिको भावना, समर्पण, संवेदनशीलतालाई प्रस्ट रूपमा प्रस्तुत गरेको छ ।
