बाँकेमा डिएसपी हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दैलेख नारायण नगरपालिकाका ३० बर्षीय नैन सिंह विकले विगत तीन महिनादेखि सिआइबी र राष्ट्रिय अनुसन्धानको डिएसपी नविन शाही हुँद भन्दै सरकारी कर्मचारी तथा सर्वसाधारणलाई भ्रममा पार्ने, ठगी गर्ने गरेको प्रहरीले फेला पारेको हो ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार, डिएसपी हुँदै अनुगमनको शिलसिलामा आएको भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरुलाई भेटने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको भन्ने सूचना प्राप्त भए पश्चात निजको खोजतलास गर्दै जाने क्रममा मंगलबार कोहलपुर नगरपालिका वडा नं. ११ मा शाही फेला परेका हुन् ।
बाँके प्रहरीले डिएसपी हुँ भन्दै शाहीले कोही कसैलाई शाहीले ठगेको भए इलाका प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरेको छ ।