जिल्ला प्रहरी कार्यालय, बाँकेले एक महिनामै ८५ लाख बढीको भन्सार छलीको मालसामान बरामद गरेको छ ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ८५ लाख ३६ हजार ८ सय बराबरको अबैध भन्सार छलिको सामान, १ भ्यान र ३ वटा मोटरसाइकल गत असारमा
मात्रै बरामद गरेको जानकारी दिएका छन् ।
प्रहरीले असारमा अबैध रूपमा भारतबाट ल्याएको १ हजार ६ सय वटा ब्रोइलर कुखुराको चल्ला बरामद गरी पशु क्वारेन्टाईन कार्यालय नेपालगन्ज पठाएको
छ । त्यस्तै, ३५ हजार मूल्य बराबरको सालको गोलिया समेत प्रहरीले असारमा बरामद गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले गत आ.व.को जेठ महिनामा मात्रै एक करोड १७ लाख ३१ हजार ८९० रूपैंया बराबरको भन्सार छलीका सामान बरामद गरेको थियो ।