१. लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनले लुम्बिनी प्रदेश सभाको बैठकलाई आइतवार सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
२. प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि भएको ७ बुँदे सहमतिपत्र सार्वजनिक गरेका छन् ।
३. उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको पत्र १ वर्षदेखि आफूसँगै राखेर अहिले सार्वजनिक गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बताएकी छन् । उपसभामुखले मानव तस्करी गरेको भनेर चरित्र हत्या गर्न खोजेको भन्दै श्रेष्ठले आपत्ति जनाएकी थिइन् ।
४. बंगलादेशमा प्रर्दशन हिंसात्मक बन्दै गएपछि अध्ययनमा गएका ५६ जना नेपाली विद्यार्थी आइतबार नेपाल फर्किएका छन् ।
५. कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध भएको राजमार्ग सञ्चालनमा ल्याइएको छ ।
६. प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति विवादको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।
आइतबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले यो रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न रहेको भन्दै संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।
७. प्रदेशसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन् ।
८. पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार छ सय ५७ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।