नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा एक युवा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, नेपालगन्ज १८ स्थित धान खेतमा पुरुषको शव फेला परेको हो ।
शवको पहिचान नखुलेपछि बाँके प्रहरीले सूचना जारी गरेर चिन्ने व्यक्तिले प्रहरीमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
प्रहरीले सार्वजनिक गरेको हुलिया विवरणमा उल्लेख छ, ‘वर्ण गहुँकालो, कालो कपालमा, सेतो टिसर्ट, कालो जिन्स पाइन्ट लगाएको, उचाई ५ फिट ५ इन्च, अं.२५÷२६ वर्ष ।’