नेपालगन्जमा रहेको अल्पाइन म्यानेजमेन्ट कलेजले यसै शैक्षिक सत्रबाट एमबिए अध्यापन सुरु गर्ने भएको छ ।
बिहीबार कलेजले पत्रकार सम्मेलनको आयोजना गरी पोखरा विश्वविद्यालयसँगको सम्बन्धनमा एमबिए अध्यापन सुरु गर्न लागेको जानकारी दिएको छ ।
कार्यक्रममा कलेजका प्रिन्सिपल केशव प्रसाद पथिकले यसैबर्षदेखि बिबिए फाइनान्सको सम्बन्धन लिन सफल भएको जानकारी दिए । ‘हामीले समयको माग अनुसार बिबिए बिआईलाई परिमार्जन गरी बिबिए फाइनान्स सञ्चालनमा ल्याएका छौं’, प्रिन्सिपल पथिकले भने ।
कलेजका अध्यक्ष इ. किरण बहादुर शाहले स्नातक पास गरेका विद्यार्थीहरुको मागलाई सम्बोधन गर्दै यसै महिनादेखि एमबिए कार्यक्रम सञ्चालनमा ल्याइएको बताए ।
‘पोखरा यूनिभर्सिटिबाट एमबीएका लागि छात्रवृत्ति सहित ३० जनाको कोटा प्राप्त गरेका छौं’, प्रिन्सिपल पथिकले भने ।
‘विगत १५ वर्ष देखि नै उपलब्ध भौतिक पूर्वाधार पठनपाठनको प्रकृया तथा व्यवस्था र दक्ष तथा अनुभवी शिक्षकको कारणले गर्दा नै अल्पाइन म्यानेजमेन्ट कलेज यस क्षेत्रकै एउटा उत्कृष्ट कलेजको रुपमा प्रतिष्ठित स्थापित भएको छ’, प्रिन्सिपल पथिकले भने, ‘कलेज स्थापना भएको १५ वर्षको उपलक्ष्यमा कलेजमा सञ्चालन भइरहेका सम्पूर्ण ब्याचलर्सका कार्यक्रमको भर्ना शुल्कमा २५% वार्षिकोत्सव छुट दिने निर्णय गरिएको छ ।’
कार्यक्रमका प्रमुख अतिथि पोखरा युनिभर्सिटीका व्यवस्थापन प्रमुख दयाराज ढकालले सैद्धान्तिक मात्रै नभई व्यवहारिक रुपमा पनि शिक्षा प्रदान गरिने बताए ।
‘एमबीएले विद्यार्थीलाई व्यवस्थापनको विभिन्न पक्षमा विशेषज्ञता हासिल गर्न मद्दत पुर्याउँछ’, ढकालले भने, ‘एमबीएले उच्च स्तरको व्यवस्थापन र नेतृत्व तयार पार्छ ।’