नेपालगन्जमा ६ चट्टा दाउरा वितरण

नेपालगन्ज । चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र ६ चट्टा दाउरा वितरण गरेको छ । वडा नम्बर ६, २२ र २३ बाहेकका अरु सबै वडाहरुमा दाउरा वितरण गरिएको हो ।

आज बाँकी रहेका वडामा दाउरा वितरण गरिने नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । बोर्डको निणर्यअनुसार डिभिजन वन कार्यालयलाई १५ चट्टा दाउरा माग गरिएको नेपालगन्जका नगर प्रहरी निरीक्षक सूर्य बोगटीले जनाए । अहिलेसम्म डिभिजन वन कार्यालयबाट आठ चट्टा मात्र दाउरा प्राप्त भएको छ । जसमध्ये ६ चट्टा दाउरा वितरण गरिसकिएको उनको भनाइ छ ।

‘बजार क्षेत्रका चोक, सर्वसाधारण बढी हुने क्षेत्रहरुमा दाउरा वितरण गरिरहेका छौं,’ उनले भने, ‘अन्य वडामा भने जनप्रतिनिधिले माग गरेअनुसारका ठाउँमा दाउरा वितरण गरिरहेका छौं ।’

रामलिला मैदान, भेरी अस्पताल अगाडि, त्रिभुवनचोक, त्रिवेणी मोड, सेतु विक चोक, बसपार्क बाहिर, बसपार्क भित्र, कारकाँदो चोक, विशाल चोक, पीपल चौतारा खजुरारोड, जिल्ला प्रहरी कार्यालय अगाडि खजुरारोड, जिल्ला प्रहरी कार्यालय परिसर, शिव मन्दिर चोक, धम्बोझी चोक, धम्बोझी चोकस्थित मस्जिद, वीपी चोक, बिटिएस चोक, गणेशमान चोक, मानव सेवा आश्रम र नीलसगर सेवा आश्रममामा आगो ताप्ने व्यवस्था गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए । अब नियमितरुपमा निरन्तर नगरका अन्य सार्वजनिक स्थान, चोक तथा वडाका भित्री चोकहरुमा समेत दाउरा वितरण गर्ने उनले जनाए ।

Exit mobile version