भेरी अस्पताल नेपालगन्जले सेवा प्रदान गर्ने शुल्क घटाएको छ ।
अस्पताल विकास समितिको मंगलबार भएको बैठकले सेवा शुल्क घटाउने लगायतका विभिन्न निर्णय गरेको सदस्य डक्ट धितालले जानकारी दिएका छन् ।
अस्पतालले ओपिजी शुल्क १ हजार ५ सयबाट घटाएर ८ सय बनाउने, डेक्सा स्क्यान शुल्क २ हजार ५ सयबाट घटाएर १ हजार ५ सय गर्ने, निर्णय गरेको हो ।
अस्पतालले हिस्टोप्याथोलोजी सेवा बिस्तारका लागि यथाशिघ्र आवश्यक तयारी गर्ने निर्णय गरेको छ । जसमा समस्या आए अर्को बैठकमा छलफल गर्ने निर्णय बैठकले गरेको हो ।
त्यस्तै, भेरी अस्पतालले इमरजेन्सी विभागबाट दिइरहेको एक्सरेसेवालाई जनशक्ति थप गरी २४सै घण्टा सेवा प्रदान गर्ने, ओ.पि.डी. टिकट काउण्टरमा ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिक, अपाँगता र गर्भवती महिलाहरुको हकमा लाइनमा नबसी यथाशिघ्र सेवा प्राप्त गर्ने गरी व्यवस्था मिलाउने निर्णय गरेको अस्पताल विकास समितिका सदस्य डक्ट धितालले जानकारी दिए ।
फाष्टिङ सुगर परीक्षण गर्न बिरामीलाई कठिनाई भइरेको अवस्थालाई मध्यनजर गर्दै अब उपरान्त सो सेवा इमरजेन्सी प्रयोगशालाबाट प्रदान गर्ने गरि व्यवस्था गर्न इमरजेन्सी प्रयोगशालालाई लेखि पठाउने निर्णय अस्पताल विकास समितिले गरेको छ ।
सिटि स्यक्यान बिग्रेको र मर्मत गर्दा खर्च अस्पतालले खर्च धान्न नसक्ने भएकाले नयाँ खरिदका लागि स्वास्थ्य मन्त्रालयमा दबाब दिने, ओबिएस÷गाइने बाहेकको शल्यक्रिया नयाँ भवनबाट गर्ने तयारी गर्ने निर्णय विकास समितिले गरेको हो ।
एमआरआइ सेवा शुल्क स्वास्थ्य बिमाले तोके बमोजिम भाद्र १ देखि लागु गर्ने निर्णय अस्पताल विकास समितिले गरेको हो ।