बौद्ध बिहारको सार्वजनिक सम्पत्तिको संरक्षण र बिहार समुचित ब्यवस्थापनका लागी नागरिक स्तरबाट चासो राखिए पछि स्थानीय सरकार, स्थानिय प्रशासन सहितको सर्वपक्षिय बैठकले बौद्ध बिहारको हालको अवस्थाका बारेमा अध्ययन गरि गरिनु पर्ने कार्यका लागि सुझाव पेश गर्न एक समिति गठन गरिएको छ । नेपालगन्ज उपमहानगर पालिकाका प्रमुख प्रशान्त बिष्टको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले बौद्ध विहारको सम्पत्ति संरक्षणका लागि अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकले बागेश्वरी मन्दिर परिसर भित्र रहेको बौद्ध धर्मावलम्बीहरूको धार्मिक स्थल हर्ष किर्ति महाविहारको उचित व्यवस्थापन र संरक्षणको लागि नेपालगन्ज उ.म.न.पा.को निर्देशनमा नेपालगन्ज उच्च अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता चित्र बहादुर शाहीको अध्यक्षतामा अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकमा बौद्ध बिहारको वास्तविक गुठिको कागजात, आयव्यय र व्यवस्थापनको कार्य गर्दै आएका विजयमान पतिले आगामी दिनमा यस पबित्र स्थलको व्यवस्थापन अझ राम्ररी गर्नको लागि, भिक्षु र पुजारी अनि दर्शनाभिलासीका लागि सुबिधा पुग्ने हिसाबले नयाँ कार्य समिति पनि आवश्यक रहेको बताएका थिए ।
उक्त बिहारको बाहिर रहेको पसलहरूलाई ३५ दिने सूचना जारी गरि खाली गराइने निर्णय भएको छ । उक्त सूचना नेपालगन्ज उपमहानगरपालिकाले जारी गर्ने नगर प्रमुख प्रमुख प्रशान्त बिष्टले जानकारी दिए ।
बौद्ध भिक्छुहरूले सुरक्षा र सरसफाई सवाल उठाए पछि बौद्ध मन्दिर र भिक्छुहरूको शान्ति सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बैठक कक्षबाटै थप एक जना हवल्दारलाई थप गर्न जिल्ला प्रहरी कार्यालयले आदेश दिएका थिए । मन्दिरमा युवा युवतीको अवाच्छित क्रियाकलाप हुने गरेको, भिक्छहरूको असुरक्षा महसुस गरेको र सरसफाईको समुचित प्रबन्ध हुन नसकेको कुरा उठाउदै अधिवक्ता बसन्त गौतमले यी समस्या तत्काल सम्बोधन गरिनु पर्नेमा जोड दिए पछि प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बौद्ध बिहार र भिक्छुको सुरक्षा र सरसफाईको लागी प्रहरीलाई निर्देशन दिएका थिए ।
यसै गरि मन्दिर अगाडी राखीएका पसलहरूले बाँैद्ध बिहारको शौन्दर्य बिगारेको, मन्दिरनै छापेको,त्यसबाट उठेको पैसाको कुनै हिसाव किताव नभएकाले ति ब्यापारिक पसहरू हटाईनु पर्नेमा सार्वजनिक सरोकार कानून ब्यवसायी समुहका सदस्य सचिव समेत रहेका अधिवक्ता बसन्त गौतमले जोड दिए पछि नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले सटरवालाहरूलाई ३५ दिने सुचना दिई हटाउने बताएका थिए ।
बौद्ध बिहारको हालको अवस्थाका बारेमा अध्ययन गरि गरिनु पर्ने कार्यका लागी सुझाव पेश गर्न गठन गरिएको अध्ययन समितिमा नेपालगन्ज अच्च अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता चित्र बहादुर शाही संयोजक र सदस्यहरूमा सार्वजनिक सरोकार कानून ब्यवसायी समुहका नेपालगन्जका सचिव अधिवक्ता बसन्त गौतम, नागरिक समाजका अध्यक्ष कृष्या प्रसाद श्रेष्ठ, अधिकारकर्मी प्रभात कुमार ठकुरी, उषा गौताम, केवल कुमार वैश्य र हिरा बहादुर श्रेष्ठ रहेका छन् । समितिको सदस्य सचिव अधिवक्ता हिरा बहादुर श्रेष्ठलाई तोकिएको छ ।
सात दिन भित्र उक्त अध्ययन ठोलीले बौद्ध बिहारको हालको अवस्थाको अध्ययन गरि सार्वजनिक सम्पत्तिको संरक्षण र बौद्ध बिहारको समुचित ब्यवस्थापनका लागि गरिनु पर्ने कार्यहरूका बारेमा सिफारिस सहित प्रतिवेदन पेश गर्ने छ ।
बैठकमा सार्वजनिक सरोकारका क्षेत्रमा कार्यरत अधिवक्ताहरू बसन्त गौतम, बल बहादुर चन्द, केवल सिंह थारु, हिरा बहादुर श्रेष्ठ, नागरिक समाज अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य प्रभात कुमार ठकुरी लगायत बौद्ध भिक्छु, व्यवस्थापन गर्दै आएका विजयमान पति लगायतका सम्बद्ध पक्षहरूको सहभागिता रहेको थियो ।